मंगलबार १९ साउन २०७८

रंगविरंगीका एक्वेरियममा राखिएका माछाका कारण घर र अफिसको सुन्दरतामा निकै फरकपन ल्याउँछ । घरको डेकोरेसनमा एक्वेरियमले निकै सुन्दरता थपिदिन्छ । तर, एक्वेरियम गलत दिशामा राखिएको छ भने त्यसले सुन्दरता मात्रै बिगार्दैन, त्यसले असर पनि गर्छ ।

यदि आफ्नो घरमा एक्वेरियम राख्दै हुनुहुन्छ भने वास्तुशास्त्रअनुसार सही दिशामा राख्नुहोस् । सही दिशामा राखेको एक्वेरियमले सकारात्मक ऊर्जा प्रदान गर्छ । अझ माछाको संख्या पनि वास्तुशास्त्रअनुसार नै राख्नुहोस् ।

उत्तर–पूर्व दिशामा राख्नुहोस्

एक्वेरियम सधैं उत्तर पूर्व दिशामा राख्नुपर्छ । यो दिशामा राखिएको माछाका कारण घरका सदस्यमा प्रेमभाव बढ्छ ।

कति माछा राख्ने ?

एक्वेरियममा माछाको संख्याको विशेष महत्व रहन्छ । घरमा सकारात्मक ऊर्जा बनाइराख्न एक्वेरियममा कम्तीमा पनि नौवटा माछा राख्नै पर्छ । यसमा एउटा कालो माछा राख्नुहोस् ।

ध्यान दिनुपर्ने कुराहरू

१. एक्वेरियम बिर्सेर पनि बेडरुम र किचेनमा नराख्नुहोस् । यसो गरेमा घरमा आर्थिक संकट उत्पन्न हुन्छ ।

२. बिहान उठ्नेवित्तिकै घरका सबै सदस्यले एक्वेरियम हेर्ने गर्नुपर्छ, यसले सकारात्मक ऊर्जा पैदा गर्छ ।

३. जुन दिशामा एक्वेरियम राखिएको छ, त्यो दिशामा बत्ती कहिल्यै बन्द नगर्नुहोस्, यसले घरमा नकारात्मक ऊर्जा उत्पन्न गर्छ ।


Last Updated on: February 13th, 2021 at 8:31 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया