बिहिबार २१ साउन २०७८

जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको छ । इपिसेन्टर फुकुसिमा तथा मियागी प्रान्त, कान्तो लगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

भूकम्पका कारण भएकाे क्षतिकाे विवरण भने आइसकेकाे छैन ।


Last Updated on: February 14th, 2021 at 8:05 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया