मंगलबार १९ साउन २०७८

बलिउड सुपरस्टारहरु सलमान खान र शाहरुख खान एउटै फिल्ममा देखिने भएका छन् । यो फिल्म २०२१ मै रिलिज हुने बताइएको छ । शाहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका रहने फिल्म पठानमा सलमान खानको पनि अहम भूमिका हुनेछ । यो फिल्ममा शाहरुख र दीपिका जासुसको भूमिकामा हुनेछन् । यो फिल्ममा सलमान आफ्नो प्रसिद्ध जासुस रोल ‘टाइगर’को भूमिकामा देखिँदैछन् ।

सलमानले बिग बोस सिजन १४ पूरा गरेसँगै पठानको सुटिङ सुरु गर्नेछन् । यशराज फिल्मसको ब्यानरमा बनिरहेको पठानको निर्देशन ‘वार’का निर्देशक सिद्धार्थ आनन्दले गर्दैछन् । यो २०१८ मा आएको फिल्म ‘जिरो’ पछि शाहरुखको पहिलो फिल्म हुनेछ । बिग बोसको विकेण्डका वारमा सलमानले यसको पुष्टि गरेका हुन् । सलमानले २०२१ मा टाइगर फ्रेन्चाइजको अर्को फिल्मसँगै ‘कभी ईद कभी दीवाली’को सुटिङ गर्नेछन् ।


Last Updated on: February 14th, 2021 at 6:18 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया