शनिबार १८ मंसिर २०७८

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प महाअभियोग मुक्त भएका छन् । सिनेटमा १० मतको कमीका कारण ट्रम्पविरुद्धको महाअभियोग फेल भयो । यससँगै ट्रम्पले अमेरिकालाई फेरि महान बनाउने आन्दोलन भर्खर सुरु भएको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो कानुनी टिमलाई धन्यवाद पनि दिए ।

आफूबाहेक कुनै पनि राष्ट्रपति यस्तो अवस्थाबाट गुज्रिनु नपरेको बताउँदै ट्रम्पले आफूलाई ७५ मिलियन अमेरिकीले भोट दिएको कुरा आफ्ना विरोधीले बिर्सिन नसकेका कारण यस्तो भएको बताए । यति धेरै भोट कुनै पनि अमेरिकी राष्ट्रपतिले नपाएको पनि उनले बताए । आफ्नो ट्रायललाई इतिहासको सबैभन्दा ठूलो ‘विच हन्ट’ भन्दै ट्रम्पले अगाडि आफूहरुसँग धेरै काम भएको बताए ।

ट्रम्पले आफ्नो बचाउ गर्दै काफूलाई कानुन व्यवस्थाको पक्षधर भने र ६ जनवरीमा क्यापिटल हिलमा भएको हिंसाको लागि माफी मागेनन् । उनले बाइडेन प्रशासनमाथि बदला लिनको लागि कानुन प्रयोग गरेको आरोप लगाए । एउटा पार्टीलाई भीडको उत्साह बढाउने, कसलाई बदनाम गर्ने र आफूविरुद्ध बोल्नेको आवाज दबाउन खुला छुट दिइएको बताए ।


Last Updated on: February 14th, 2021 at 6:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया