मंगलबार ०८ आषाढ २०७८

वेवारिसे शव ब्यवस्थापनका कारण नाम कमाएका विनयजग बस्नेतले आफैले छोरी मानेकी १७ वर्षकी किशोरी सपना रोका मगरको नां गो तस्बिर आफुसंग मोवाइलमा छ भन्दै खुलेआम युट्युवमा स्वीकार गरेका छन् ।

उनले सपनालाई आफुले नै अहिले सम्मको अवस्थामा ल्याएको भन्दै अरुले नै सपनालाई उक्साएर आफु विरुद्ध बोल्न लगाएको आरोप लगाएका छन् । उनले सिमित युट्युवरहरुले सपनालाई घेराबन्दी गरेर आफु विरुद्ध सपनालाई बोल्न उक्साएको आरोप लगाएका छन् ।

अरुको उक्साहटमा लागेर सपना आफ्ना विरुद्ध लागे सबैलाई ठेगान लगाउने चेतावनी पनि उनले दिएका छन् । उनले सपनाको अ श्लि ल तस्बिर आफ्नो मोवाइलमा र पेन ड्राइभमा पनि सुरक्षित राखेको स्वीकार गरेका छन् । आफुले छोरी मानेकी सपनाका त्यस्ता नराम्रा तस्बिर उनले सुरक्षित राख्नुको कारण भने उनले बताएनन् ।

म र्ता क्या नहि कर्ता ? उनले चेतावनी दिँदै भनेका छन् यदि मलाई कसैले धावा बोल्छ भने सबैलाई सि ध्या इ दिन्छु । उनले गोल्डन टिभी चलाउने युट्युवरले सपनालाई घेराबन्दी गरेर आफु विरुद्ध उक्साएको आरोप लगाएका छन् । उनले आफुलाई सपनाको वे इ ज्जत गर्न पनि पछि नपर्ने चेतावनी दिएका छन् । सामाजिक काम गर्न अवरोध गर्ने कसैलाई पनि म छोड्दिन । चाहे त्यो सपना रोका मगर नै किन नहोस् मैले छोड्दीन उनले भने ।

उनले आफ्ना परिवारले समेत विश्वास नगरेको बेलामा आफुले ल्याएर बीबीसीको शक्तिशाली महिला हुने अवस्था सम्म पुर्याएको दावी गरेका छन् । उनले आफ्नै कारणले नै सपना त्यो अवस्थामा पुगेको उनको दावी छ ।

विनयले यस्ता अभिव्यक्ति दिएपछि प्रहरीले विनयजंग बस्नेतको खोजि गरिरहेको छ । सपना रोका मगरले उनीहरुद्ध जाहेरी दिएपछि प्रहरीले पक्राउ गर्न खोजी सुरु गरेको हो । प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उजुरु दर्ता भएपछि पक्राउ पुर्जीका लागि अदालतमा पुगेको बताए । पुर्जी जारी भएपनि बस्नेतलाई पक्राउ गरिने उनले जानकारी दिए।

बस्नेतले युट्युव च्यानललाई दिएको अन्तरवार्तामा सपनाका नां’गा तस्वीर देखाइदिने ध’म्की दिएपछि बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया मगरले प्रहरीमा जाहेरी दिएकी हुन् ।

सपनाले बस्नेतविरूद्ध अ’भद्र व्य’वहा’र’को मुद्दा जाहेरी दिएकी हुन् । उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव ज’ला’उने काम थालेका थिए। हेरौ भिडियो सहित:


Last Updated on: February 14th, 2021 at 6:53 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया