सोमबार ०७ आषाढ २०७८

प्रजनन उमेर सकिदै जादा महिलाहरुमा धेरै खाले समस्याहरु बल्झिदै जान्छन् । ती समस्यामध्ये मुटुको रोग र हाडको समस्या प्रमुख हो ।

३५ वर्ष काटेपछि महिलाको शरीरमा हर्मोनको मात्रा कम हुँदै जान्छ । शरीरमा हर्मोनको मात्रा कम हुँदै गएपछि हाडहरूको घनत्व कम हुँदै जान्छ । यस्तो अवस्थामा बाहिरबाट हेर्दा खासै समस्या देखिँदैन । तर, ४५– ५० वर्षकी महिलाको शरीरमा हाडको घनत्व कम हुने हुँदा कतै सानो ठक्कर लाग्दा पनि हाड भाँचिन सक्ने सम्भावना बढी हुन्छ।

हाडको घनत्व कम हुँदै गएर हुने समस्यालाई अस्टिओपोरोसिस भनिन्छ । यो रोग लागेका बेला नाडी, पुठ्ठा र मेरूदण्डका हाड भाँचिने सम्भावना बढी हुन्छ । हाड भाँचिने समस्या बाहेक यस रोगले शरीर कुप्रो पनि हुँदै जान्छ । दैनिक व्रिmयाकलाप गर्न पनि गाह्रो हुन्छ । हाडको घनत्व नदेखिने गरी कम हुँदै कमजोर हुने तथा यो रोग लागेको लामो समयसम्म थाहा नहुने भएकाले यसलाई मौन रोग ९साइलेण्ट डिजीज० पनि भनिन्छ । लडेर हाड भाँचिएपछि वा अरु कुनै कारणले एक्सरे गराउँदा मात्र यो रोग लागेको थाहा हुन्छ ।

हाड बन्ने प्रव्रिmयामा क्याल्सियम र भिटामिन डी को ठूलो भूमिका हुन्छ । रगतमा भएको क्याल्सियमले हाड बन्ने र हाडको जीर्णोद्धार गर्ने प्रक्रियामा लगातार मद्दत पु¥याइरहेको हुन्छ । रगतमा क्याल्सियम कम भयो भने हाडमा भएको क्याल्सियम पनि कम हुन्छ र हाड कमजोर हुन जान्छ । शरीरमा क्याल्सियमको मात्रा शाकाहारीका लागि एक दिनमा ८ सय मिलीग्राम चाहिन्छ भने मांसाहारीलाई १ हजार २ शय मिलीग्राम आवश्यक पर्छ ।

वयस्क मानिसको शरीरलाई दिनभरिका लागि पुग्ने क्याल्सियम चार कप दूध तथा तीन–चार कप दही वा तीन कप भटमासमा पाउन सकिन्छ ।

क्यालसियम र भिटामिन डी मानव शररिका लागि महत्वपूर्ण तत्व मानिन्छ । भोजनमा क्याल्सियमको मात्र छ तर भिटामिन डी शरीरले प्राप्त गर्न सकेन भने भोजनमा भएको क्याल्सियमको शोषण हुन सक्दैन र हाडको जीर्णोद्धार प्रव्रिmया कमजोर हुँदै जानसक्छ । सूर्यको किरणका अतिरक्त भिटामिन डीका अरू स्रोत अण्डा र माछा पनि हुन् ।

यसको प्रमुख कारण महिलाहरूको प्राकृतिक बनावट हो । महिलाहरूको हाडको घनत्व पुरुषहरूको भन्दा कम हुन्छ । महिलाहरू प्रजनन उमेरमा रहुञ्जेल उनीहरूको शरीरमा रहेको हर्र्मोनले हाडको घनत्व ठीक राख्न मद्दत गरेको हुन्छ । तर, जब महीनावारी सुक्ने समय नजीक आउँदै जान्छ, महिलाहरूको शरीरमा हर्मोनहरू कम हुँदै जान्छन् । त्यस बेलामा हाडको घनत्व पनि कम हुँदै जान्छ ।

पुरुषहरूलाई उनीहरूको शरीरमा रहेको टेस्टोस्टेरोन नामक हर्मोनले यो रोगबाट बचाउन मद्दत गर्छ । तर, ५० – ६५ वर्षको उमेरपछि पुरुषहरूको शरीरमा पनि यो समस्या देखापर्न थाल्छ । यो रोग लाग्नुमा हर्मोन बाहेक अन्य कारण पनि छन् । शारीरिक परिश्रम बढी गर्ने महिलाहरूमा पनि यो समस्या धेरै देखिएको छ । त्यसैगरी अत्यन्तै दुब्ला र धूमपान धेरै गर्ने महिलामा पनि यो रोग धेरै देखिएको छ ।

हर्मोन विशेषज्ञ डा.उमा श्रीवास्तवका अनुसार ४० वर्षको उमेर नाघेका महिलाहरू ढाड दुख्ने समस्या लिएर जँचाउन आउँछन्, तीमध्ये झण्डै ७५ प्रतिशतलाई यस रोगले च्यापिसकेको हुन्छ ।

नेपालको सन्दर्भमा यस रोगको एउटा प्रमुख कारण कुपोषण हुनसक्छ । नेपालको सुदूर पश्चिमका कतिपय ठाउँमा महिलाहरूलाई महीनावारी, गर्भिणी र सुत्केरी अवस्थामा छँदा त्यहाँको परम्परागत अन्धविश्वासका कारण दूध र दहीजस्ता खाद्यवस्तुहरू प्रयोग गर्दा देवता रिसाउँछन् भनेर खान दिइँदैन । जबकि यस्तो बेलामा पोषणयुक्त र क्याल्सियमयुक्त भोजन चाहिन्छ । गर्भावस्थामा आमाको शरीरबाट विभिन्न भोज्य पदार्थ भ्रूणले लिन्छ ।

भ्रूणलाई बढ्न चाहिने क्याल्सियम आमाको रगतमा पुगेन भने भ्रूणले हाडमा रहेको क्याल्सियमबाट भोजन बनाएर लिन्छ। यसरी हाडमा रहेको क्याल्सियम भू्रणले लिएपछि आमाको हाड कमजोर हुँदै जान्छ । गाउँघरमा महिलाहरूले धेरै बच्चा पाउने हुनाले ३५–४० वर्ष नपुग्दै महिलाको हाड कमजोर भइसक्छ ।

गर्भवती र दूध खुवाइरहेकी महिलाको भोजनमा लौहतत्व र क्याल्सियमयुक्त समाबेश गर्नुपर्छ । पारम्परिक खाना चाकू, सख्खर आदि भोजनमा क्याल्सियम र लौहतत्व पाइन्छ ।

मांसाहारी व्यक्तिहरूका लागि अण्डा लौहतत्वको एउटा राम्रो स्रोत हो । अण्डाको बाहिरी खोलमा पनि पर्याप्त मात्रामा क्याल्सियम हुन्छ । अण्डाको खोललाई मसिनो पारी पिसेर तरकारीको सूपमा हालेर खाँदा पनि पर्याप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । गर्भवती र स्तनपाान गराइरहेकी महिलाहरूले क्याल्सियम प्राप्त गरेमा भविष्यको शिशुले पनि क्याल्सियम प्राप्त गरेर स्वस्थ हुन्छ ।

शाकाहारी व्यक्तिले दूध र दहीबाट क्याल्सियम पाउनुका साथै भटमास, बदाममा आदिबाट पर्याप्त मात्रामा क्याल्सियम पाउन सक्छन् ।

विभिन्न अध्ययन–अनुसन्धानले के देखाएका छ भने हाडको घनत्वलाई बढाउन विभिन्न शारीरिक व्रिmयाकलाप, जस्तै हिँड्ने, दौड्ने, भ¥याङ चढ्ने आदि व्रिmयाहरू निकै महत्वपूर्ण छन् । आधुनिकताको अन्धो दौडमा हिँड्नै छोडिएमा हाड कमजोर हुँदै जान्छ ।

सूर्यको किरणबाट शरीरलाई प्राप्त हुने भिटामिन डीले क्याल्सियम शोषण गर्नमा मद्दत गर्छ । हामीलाई दैनिक ३ शय ५० युनिट भिटामिन डी जरुरत पर्छ । जुन हामी सहजैसँग दिनको १५–२० मिनेट घाममा बसेर प्राप्त गर्न सक्छौ । घाममा बस्दा सूर्यको किरणले नाङ्गो छालामा छोएको हुनुपर्छ ।


Last Updated on: February 14th, 2021 at 9:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया