सोमबार ०७ आषाढ २०७८

काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १६६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ३६४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १२ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ४ लाख ७९ हजार ८७९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख १० हजार ६३४ जना संक्रमणमुक्त भएका छन् ।


Last Updated on: January 12th, 2021 at 6:53 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया