मंगलबार १९ साउन २०७८

अनलाइनमा आफ्ना हट भिडियो र फोटोहरु शेयर गर्न रुचाउने एक इन्फ्लुएन्सरलाई उनका श्रीमानले यिनै फोटो र भिडियोको विषयमा भएको झगडापछि १४ गोली हानेर मारिदिएका छन् । ३५ वर्षकी एलियाने फरेइरा सियोलिनलाई उनका श्रीमान अलेजान्द्रो एन्टोनियो अगुइलेरा क्यान्टालुपीले ६ वर्षकी छोरीकै अगाडि २४ जनवरीका दिन पारिवारिक बार्बिक्युमा गोली हानेर मारिदिएका थिए । त्यसपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गरेको बताइएको छ ।

डेलीमेलका अनुसार एलियाने र उनका ४१ वर्षका श्रीमानको शव ब्राजिलको पोन्ता पोरा नगरपालिकाको दुर्गम गेत्रमा रहेको उनीहरुको घरको पोर्चमा भेटिएको थियो । एलियानेको शरीरमा १४ गोली लागेको पाइएको छ । एन्टोनियोको शरीरमा भने टाउकोमा एउटा मात्र गोली लागेको पाइएको छ । पुलिसले शवनजिकै भेटिएको एउटा बन्दुक, केही गोली र प्रयोग नगरिएको म्यागजिन नियन्त्रणमा लिएको छ । उनीहरुकी ६ वर्षकी छोरीले घटना प्रत्यक्ष देखेको र पछि उनलाई आफन्तले लगेको बताइएको छ ।

स्थानीय मिडियाले पनि उनीहरुको एलियानेले पोस्ट गरेका टिकटक भिडियोको विषयमा झगडा भएको लेखेका छन् । एलियानेका टिकटकमा ५८ हजार फलोअर छन् । उनले टिकटकमा आफ्ना हट र खुला कपडामा खिचिएका भिडियोहरु पोस्ट गर्थिन् । पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ ।


Last Updated on: February 15th, 2021 at 8:41 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३४४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया