मंगलबार १९ साउन २०७८

आज वि.सं.२०७७ साल फागुन ३ गते, सोमबार । सन् २०२१ फेब्रुवरी १५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । चतुर्थी तिथि। चन्द्रमा मीन राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः४३ र सूर्यास्त बेलुकी ५ः५३ मिनेट

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) फाइदा अरुलाइ जानेछ । खानपिनमा बढी खर्च हुनेछ । रमाइलोमा दिन बित्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मनोरन्जनमा खर्च बढीहुनेछ । व्यापार सामान्य हुनेछ । काममा सफलता पाइनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ । कर्मको फल मिल्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अधुराकाम सुरु हुनेछ । घरायसी काममा बाधा आउनेछ । मनमा शंका पर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा धन खर्च हुनेछ । यात्रामा अवरोध पर्नेछ । विवादको सृजना हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यवसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुसि बढ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले प्रगतिमा आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी खर्च हुनेछ ।आम्दामीका अवसर गुम्नेछन् ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरायसी कुराले तनाव आउनेछ । काममा शंकाले बाधागर्नेछ । व्यापारमा लाभ हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाइको मित्रतामा सुधार हुनेछ । यात्राको मजा मिल्नेछ । नया काममा उत्साह बढेर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सम्पत्तिको जोहो बढ्नेछ । यात्राको सुख मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काममा योजना बन्नेछ । पुरानो काम थाति बस्नेछन् । साथिसंग रमाइलोमा रमिनेछ ।


Last Updated on: February 15th, 2021 at 8:48 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया