आइतबार ३० जेठ २०७८

बलिउडका सेलिब्रेटीको कमाई सुन्दै अचम्म लाग्ने हुन्छ । उनीहरुको सम्पत्तिको बारेमा पनि सञ्चार माध्यममा चर्चा हुने गर्छ । बलिउडमा यस्ता सेलिब्रेटी पनि जसको लण्डनमा समेत घर छ ।

शाहरुख खान
शाहरुख खानको मुम्बईमा आलिशान घर ‘मन्नत’ छ । अलीबागमा एउटा फार्महाउस पनि छ । उनको लण्डनमा पनि घर छ । एक रिपोर्टका अनुसार शाहरुख खानको लण्डनमा पोश पार्क लेनमा एउटा अपार्टमेन्ट छ ।

काजोल
मिडिया रिपोर्टका अनुसार कालोल र अजय देवगनले सन् २०१३ मा लण्डन पार्क लेनमा एउटा घर किनेका छन् । काजोलले इन्स्टाग्राममा इंग्ल्याण्ड र लण्डनमा परिवारसँग खिचेका तस्बिर सेयर गर्ने गरेकी छन् ।

शिल्पा शेट्टी
शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको लण्डनको अक्सफोर्ड स्ट्रीटमा सात बेडरुम प्रपर्टीकी मालिक हुन् । उनीहरु ीबदा मनाउन त्यहाँ जाने गर्छन् ।

सोनम कपूर
सोनम कपूर र उनका पति आनन्द आहूजासँग आजभोलि लण्डनमा बस्दै आएकी छन् । दुवैको मुम्बई, दिल्ली र लण्डनमा घर किनेका छन् ।


Last Updated on: February 15th, 2021 at 1:07 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया