मंगलबार १९ साउन २०७८

नायिका सुष्मा कार्कीको आईतवार जन्मदिन परेको थियो। १९८५ फेब्रुअरी १४ तारिखका दिन उनको जन्म भएको थियो। बर्दिया जिल्लामा जन्मिएकी सुष्माले ‘मेरो एउटा साथी छ’ चलचित्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्।

मोडलिङ्ग हुँदै चलचित्रमा लागेकी उनले दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्।

चलचित्र क्षेत्रमा भने उनलाई निर्देशक सुदर्शन थापाले चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। नेपाली चलचित्र क्षेत्रमा सुष्मालाई हक्की र निडर नायिकाको रूपमा समेत चिनिने गरिन्छ।

यस कारण उनी बेलाबेला विभिन्न कारणले विवादमा आइरहन्छिन्। हालसालै मात्र उनले आफू माथि काठमाडौंको लन्डन पबमा नायिका स्वेता खड्काकी बहिनी पत्रकार उत्सव रसाइलीले आफूमाथि कुटपिट तथा गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन।

यद्यपी उनीहरुले सुष्मासंग माफी माग्दै विवाद टुंग्याएका थिए। आज उनै सुष्माले जन्मदिन धुमधामले मनाएकी छिन।

उनले दर्वार्माग एक कल्बमा सेलिबेसन गरेकी छिन, उनले आफ्नो साथीहरुलाई र केहि मिडियाकर्मीहरुलाई पनि बोलाएकी थिइन्।


Last Updated on: February 15th, 2021 at 1:27 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया