मंगलबार ०८ आषाढ २०७८

एजेन्सी । भारतमा प्रेमीका भगाउन गएका प्रेमीले प्रेमीकाको आमालाई समेत भगाएका छन् । झारखण्डको राँचीस्थित गोटिया गाउँकी प्रेमीका भगाउन गएका युवकले आमाछोरीलाई नै भगाएका हुन् ।

प्रेमीकालाई भगाउन लाग्दा उनकी आमाले देखेर विरोध गरेपछि ती युवकले आमालाई पनि कारमा राखेर लगेको अमरउजालामा समाचार छ । युवककी प्रेमीका नाबालिग भएको भन्दै आमाले भगाउन दिएकी थिइनन् ।

युवकले कुनै पनि हालतमा प्रेमीकालाई नछोड्ने भएपछि उनीहरुबीच धेरै बेर झगडा नै भयो । पछि युवकले प्रेमीकाकी आमालाई पनि कारमै राखेर कार दौडाएका हुन् ।

युवकले प्रेमीकाकी आमालाई बालसरिङ रिङ रोड पुगेपछि कारबाट निकालेर आफूहरु मात्र भागेको समाचारमा उल्लेख छ । समाचार अनुसार घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Last Updated on: January 12th, 2021 at 7:03 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया