आइतबार १७ साउन २०७८

धेरै युवायुवतीहरु डन्डीफोरको समस्याले पीडित हुने गरेका छन्। डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन्।

मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन्। रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ। यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ। जुन बेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन। यो छालाभित्रै जम्छ। यसरी जमेको अवस्था नै डन्डीफोर अर्थात् पिम्पल्सको अवस्था हो।
डन्डीफोरका चारवटा तह हुन्छन्।

स्वास्थ्य विज्ञानले ग्रेड एकदेखि चारसम्म यसको वर्गीकरण गरेको छ। डन्डीफोरको पहिलो चरण ‘ब्ल्याक हेड’ हो। काला स–साना गिर्खा अनुहारमा भएको अवस्थालाई नै ब्ल्याक हेड मानिन्छ। चौथो चरणमा पुगेको डन्डीफोरमा पीप र रगत नै जमेको हुन्छ। डन्डीफोर आइसकेपछि त्यसमा ब्याक्टेरियाको इन्फेक्सन हुने भएकाले यसले छालालाई थप हानि पुर्यानउँछ।

अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डीफोर आउँछन्। कपडाले ढाक्ने भागमा डन्डीफोर आउँदा खासै फरक पर्दैन। तर, अनुहारमा डन्डीफोरले दाग, धब्बा र स–साना खाल्टा छोडेर जाने भएकाले यो धेरैको पिरलोको बिसय बन्ने गरेको छ।डन्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो। यसबाट जोगिनको लागि छालालाई ड्राई राख्ने कुरामा ध्यान दिनुपर्छ।

जीवनशैलीमा ध्यान दिनुपर्छ। धेरै चिल्लो खानु हुँदैन। चकलेट धेरै खानेहरूलाई पनि डन्डीफोरको समस्या देखिन सक्छ। डन्डीफोर आएकाले तेलबाट जोगिनुपर्छ। कपालमा तेल हालेर बस्ने गर्नु हुँदैन। अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ। दिनमा तीनचारपटक मुख धुनुपर्छ। छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ। डन्डीफोरले निकै नै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम लगाउने र औषधि समेत खानुपर्ने पनि हुन्छ ।


Last Updated on: February 15th, 2021 at 4:09 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया