मंगलबार १९ साउन २०७८

धनगढीः कैलालीमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ।जिल्लाको गौरीगंगा नगरपालिका– ५ स्थित अन्डैयामा पाटे बाघले आक्रमण गर्दा स्थानीय २५ वर्षीया कला धामीको मृत्यु भएको हो।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बाघको आक्रमणबाट उनको मृत्यु भएको पुष्टि गरेका हुन्।पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकी धामीलाई बाघले आ’क्र’म’ण गरेको थियो।

केही दिनयता सो पाटे बाघको ओहोरदोहोर कैलालीका सामुदायिक वनमा बढेको छ।शुक्रबारमात्रै पाटेबाघले कैलालि गाउँपालिका–८ दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आ’क्र’म’ण गरेको थियो। सीताकुँवा सामुदायिक वनमा बाघसँग भएको जम्काभेटमा चौधरी घा’इ’ते भएका छन्।

उनको उपचार नेपालगञ्जमा उपचार भइरहेको बताइएको छ। यसैगरी, शनिबार मान्छे रहेकै ठाउँमा बा’घ महेन्द्र राजमार्गमा निस्केको थियो ।

सोही दिन गौरीगंगा नगरपालिका–८ स्थित गौरीगणेश सामुदायिक वनमा गाईको एउटा बाछोलाई मा’रे’र खाएको बताइएको छ ।


Last Updated on: February 15th, 2021 at 4:53 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया