बिहिबार २१ साउन २०७८

झापामा शनिबार दुई पुरुषबाट अर्का एक पुरुषमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

रातिको समयमा पीडित पुरुष कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको नजिकै हिडिरहेको अवस्थामा बलात्कृत भएको झापा प्रहरीले जनाएको छ ।

राति ७ बजेतिर दुई युवक मिलेर जबरजस्ति अप्राकृतिक यौन सम्पर्क गरेको पीडितले बताएका छन् । बलात्कारमा परेका युवक गम्भीर घाइते भएको र उनको हाल विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न दुवै युवकलाई प्रहरीले अनुशन्धान गरिरहेको बताइएको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुरहेका छन् ।


Last Updated on: February 15th, 2021 at 8:20 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया