आइतबार १२ मंसिर २०७८

मोरङको उर्लाबारी र विराटनगरबाट (खै’रो हे’रो’इ’न) सहित चार जना कारोबारीलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय बजारमा यसको महँगो र उच्च गुणस्तरमध्येको ला’गु ‘औ’ष’ध मानिन्छ । विराटनगरबाट एक जना भारतीय नागरिकसहित दुई युवा र उर्लाबारीबाट एक युवतीसहित दुई जना पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो ।

उहाँका अनुसार उर्लाबारी नगरपालिका–६ मा रहेको होटल ह्याभन भ्यालीबाट मोरङको रतुवामाई नगरपालिका–१० का धजेन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका–४ की २० वर्षीया कविता लिम्बू पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले १४ ग्राम फेला परेको छ । भारतको पानी ट्यांकीबाट नेपाल भित्राएका उनीहरुको योजना नेपालका विभिन्न भागमा सप्लाई गर्ने रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु कारोबारी र से’व’न’क’र्ता भएको खुलेको छ । होटलको कोठा नम्बर ६ बाट पक्राउ परेका भट्टराई र लिम्बूको साथबाट प्रहरीले यसको खरिदबिक्रीमा प्रयोग गरिने नापतौल मेसिन पनि ब’रा’म’द गरेको छ ।

दुवै जनाले झोला र होटलको कोठाभित्र रहेको खाटमुनि लुकाएको अवस्थामा फेला परेको हो । उनीहरुको सम्पर्क र कनेक्सन भारतको पानी ट्यांकीमा यसको कारोबार गरेर बसेकाहरुसँग रहेको प्रहरीको भनाइ छ । त्यस्तै विराटनगर महानगरपालिका–१० शान्ति चोकबाट प्रहरीले यो सहित दुई युवालाई नियन्त्रणमा लिएको छ । एक जना भारतीय नागरिक हुन् । विशेष सूचनाका आधारमा नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का २२ वर्षीय धमेन्द्र रजक र भारत अररीयाका २२ वर्षीय मोहम्द अफरोजलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट चार ग्राम पाँच सय ९० मिलिग्राम बरामद भएको एसपी खड्काले बताउनु भयो । उनीहरुले भारतको जोगवनीबाट लिएर आएको खुलेको छ । पैदल नै रहेका उनीहरुले कसैलाई बिक्री गर्न खोज्दै गर्दा पक्राउ गरिएको प्रहरीको भनाइ छ । सहित पक्राउ परेका चारै जनाविरुद्ध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइने एसपी खड्काले बताउनु भयो ।

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज उछाल आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिक समीक्षा गरेपछि बजारमा थप उछाल देखिएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमा केही सुधार एवं संशोधन गर्ने भन्दै हल्ला चलेका कारण आइतबार नेप्सेमा करेक्सन देखिएको थियो । आइतबार ३३.३३ अङ्कले ओरालो लागेको नेप्से आज ९२.४२ अङ्कले बढेर दुई हजार ५८६.०१ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार ६०० को बिन्दु पहिल्याएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.३३ बिन्दुले बढेर ४६९.४४ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिपछि कारोवार रकम उच्च बिन्दुमा पुगेको छ । कूल २०५ कम्पनीको दुई करोड २४ लाख ४७ हजार १५७ कित्ता शेयर रु १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ मूल्यमा खरिद बिक्री भएको छ ।

आजको कारोवारपछि बजार पूँजीकरण साढे ३५ खर्बमाथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पूँजीकरण रु ३५ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख ७० हजारको हाराहारीमा पुगेको छ । कारोबारका आधारमा आज जीवन बीमा, निर्जीवन बीमा, लघुवित्तको शेयरमा लगानीकर्ता आकृर्षित भएका छन् । कारोवार भएका १२ उपसमूहको शेयर नै उकालो लागेको छ ।

बैंकिङ ५७.३२, व्यापार ७१.६, होटल २४.१, विकास बैंक ४९.९१, जलविद्युत् ६४.४५, वित्त ३४.७५, निर्जीवन बीमा ४४७.४४, उत्पादन १५९.६६, अन्य ६२.६१, लघुवित्त ३७०.३, जीवन बीमा ६९७.९१, सामूहिक लगानी कोष ०.१८ मा पुगेको छ ।

कारोवारका आधारमा आज निर्धन उत्थान लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७० करोड ४८ लाख ४९ हजार ९४१ बराबरको कारोवार भयो । यस्तै, नबिल बैंक रु ६८ करोड पाँच लाख १६ हजार ४७१, छिमेक लघुवित्त रु ४७ करोड ९१ लाख ४० हजार ४६४, डिप्रोक्स लघुवित्त रु ४७ करोड ४४ लाख ४१ हजार ७५४, ग्लोबल आइएमई बैंक रु ४६ करोड ९० लाख २४ हजार ४८३, एनआइसि एशिया बैंक रु ४० करोड ६९ लाख तीन हजार ३९२, नेको इन्स्योरेन्स रु ३४ करोड ७४ लाख ४० हजार ८५, नेपाल बैंक लिमिटेड रु २८ करोड ९९ लाख आठ हजार ३४२ र नेपाल पुनरबीमा कम्पनी रु २४ करोड ८९ लाख तीन हजार १९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा छिमेक लघुवित्त, गरिमा विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, एनएमबी लघुवित्त, आरएसडिसी, फरवार्ड लघुवित्त, उन्नती सहकार्य लघुवित्त, सामुदायिक लघुवित्त, आशा लघुवित्तका लगानीकर्ताले समान १० प्रतिशतले कमाएका छन् ।

यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ४.०३, सानिमा बैंकको ऋणपत्र १.९०, एनआइसि एशिया ऋणपत्र १.५९, एभरेष्ट बैंक १.४८, एनआइसि एशिया बैंकको ऋणपत्र २०८४ को ०.७६ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ०.३५ प्रतिशतले गुमाए ।


Last Updated on: February 15th, 2021 at 8:29 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया