आइतबार १२ मंसिर २०७८

काठमाडौं – विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । मानिसहरुले आफ्नो अनौठो प्रतिभा देखाएर विश्वलाई नै चकित पार्दै विश्व रेकर्ड पनि राखेका छन् । मानिसहरुले विश्वसामु चिनिन र विश्व रेकर्ड राख्न विभिन्न अनौठो कार्यहरु गरिरहेका हुन्छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यस्तै एक यस्ता व्यक्ति छन्, जसले अनौठो कार्य गरेर विश्व रेकर्ड नै राखेका छन् । जर्मनीका रोल्फ बुखोल्चले गिनिज बुकमा नाम लेखाउनकै लागि निधारमा सिङ निकालेका छन् । उनले आफ्नो शरीरका अंग प्रत्यङ्गका आकार प्रकारमा धेरै परिवर्तन गरेका छन् ।

उनले जीउमा ५१६ पटक बडी मोडिफिकेसन गरेर गिनिज बुकमा नाम लेखाएका हुन् । गिनिज बुकमा नाम लेखाउन सफल रोल्फको शरीरमा ४५३ वटा प्वाल छ । त्यस्तै शरीरका सबैजसो ठाउँमा टाटु र जीउमा टुटुल्को उठाउनका लागि छालामुनि प्रत्यारोपण समेत गरेका छन् ।

उनी सन् २०१० मा शरिरमा सबैभन्दा धेरै प्वाल छेड्ने मानिसको रुपमा गिनिज बुकमा नाम लेखाइसकेका छन्।


Last Updated on: January 12th, 2021 at 2:19 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया