मंगलबार १९ साउन २०७८

उदयपुर,फागुन । उदयपुरको कटारी नगरपालिकाकी उपप्रमुख भिमकुमारी राउतले आफुलाई नयाँ गाडी किन्ने पैसाले जनताको लागि एम्बुलेन्स ल्याएर कटारी अस्पातलाई हस्तान्तरण गरेकी छिन् ।

जनताको करबाट आफू सेवा सुविधा लिन्न भन्दै एम्बुलेन्स किन्ने घोषणा गरेकी राउतले एम्बुलेन्स ल्याएर कटारी अस्पातलाई सञ्चालनको लागि आज सोमबार कटारी अस्पतालमा कार्यक्रमको आयोजना गर्दै हस्तान्तरण गरेकी हुन् ।
उपमेयर राऊतले गरीब तथा विप्पन परिवारका सुत्केरी र गर्भवतीलाई विशेष गरी नि शुल्क सेवा दिने गरी कटारी अस्पतललाई एम्बुलेन्स हस्तान्तर गरेको बताए। ‘यो एम्बुलेन्सले कटारी नगरपालिका क्षेत्र भित्रका गरीब तथा विप्पन परिवारका सुत्केरी र गर्भवती महिलालाई निस्शुल्क तथा अन्यलाई सस्शुल्क सेवा दिने गरी सेवा दिने उपमेयर राउतले बताइन।

उनले भनिन्, ‘कटारी नगरपालिकाको १४ वाडाका बस्तीबाट कटारी अस्पताल ल्याउन निशुल्क गरिएको छ।’कटारी नगर कार्यपालिकाको अघिल्लो आर्थिक वर्षको नगरसभामार्फत् उपप्रमुखको सुविधाका लागि सवारी साधन खरिद गर्ने गरी ४० लाख विनियोजन गरेको थियो । ४० लाखमा १२ लाख रुपैँयाको एम्बुलेन्स किनेर कटारी अस्पताललाई हस्तान्तरण गरेको र बाँकी २८ लाख रुपैँया अन्य क्षेत्रमा खर्च भएको कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर प्रसाद भट्टले बताए।’
कटारी नगरपालिका ११ का वडाअध्यक्ष दिपक बुढाथोकीले कटारी नगरपालिकाकी उपप्रमुख राउतले आफुलाई गाडी किन्ने पैसाले एम्बुलेन्स किनेर उदाहरणीय काम गरेको बताए ।

‘उहाँले उपप्रमुख राउत ले आफुलाई गाडी किन्ने पैसाले जनताको लागि एम्बुलेन्स किन्नु भएको छ,’ उनले भने, ‘१२ लाखमा एम्बुलेन्स किनेर बाँकी २८ लाखमा २४ लाख बेतेनीमा पर्यटन भवनमा बनाउन खर्च गर्नु भएको छ ।’ उपमेयर राउतले आफु चढ्न गाडी किन्न छुट्याको रकमले एम्बुलेंस किनेपछी सामाजिक संजालमा उपमेयर राउतको अधिकांशले प्रसंशा गरेका छन।


Last Updated on: February 16th, 2021 at 8:42 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया