आइतबार १२ मंसिर २०७८

बर्सातको मौसममा अनुहारमा पिम्पल आउनु सामान्य मानिन्छ । तर जसको त्वचा ओइली हुन्छ, त्यस्ता व्यक्तिले हरेक मौसममा पिम्पल आउने समस्या झेल्नुपर्ने हुन्छ । कस्मेटिक उपायबाट केही समयका लागि यसलाई ठीक गर्न त सकिन्छ, तर केही समय पछि पुनः पिम्पल देखिन थाल्छ । यसको अतिरिक्त कस्मेटिक साह्रै महंगा पनि हुन्छन्, र यीनमा मिसाइको रसायनले छालामा नराम्रो असर पनि पार्छ ।

कहिलेकाँही तपाई सोच्नुहुन्छ होला कि, पिम्पलको समस्याबाट छुटकरा पाउन कुनै सजिलो प्राकृतिक तरिका छैन ? यकीन मान्नुहोस् यस्तो उपाय छ । र यस्तो उपायले पिम्पलको समस्याबाट सधैंका लागि छुटकरा पाउन सकिन्छ । यो उपाय महिला र पुरुषका लागि बराबर उपयुक्त हुन्छ ।

यो आलेखमा हामी तपाईलाई नुनको प्रयोगबाट सजिलै पिम्पल हटाउने उपायबारे बताउँदै छौं । जसलाई तपाईले नियमित रुपमा अपनाउनुभयो भने पिम्पलबाट सधैंका लागि छुटकरा पाउन सकिन्छ । यो एउटा उपायबाट तपाईले क्लीन्जिङ, स्क्रबिङ र मस्चराइजिङको फाइदा लिन सक्नुहुन्छ । जसलाई त्वचाको कम्पलिट देखभाल मानिन्छ ।

कुनै सिसाको भाँडोमा एक चम्मच नुन राख्नुहोस । त्यसमा सोही मात्रामा मह सिसाएर दुई मिनेटका लागि पर्खनुहोस् । त्यसपछि अनुहारलाई सफा पानीले पाखाल्नुहोस् र अनुहारलाई सुक्न दिनुहोस् । त्यसपछि नुन र महको मिश्रण अनुहारमा लगानुहोस् । फेरि हातलाई सफा पानीमा हल्का भिजाउनुहोस् । भिजेको हातले अनुहारमा सर्कुलर मोशनमा विस्तारै स्क्रबिङ गर्नुहोस् ।

कम्तिमा ५ मिनेट स्क्रबिङ गरेर अनुहारलाई नर्मल पानीले धुनुहोस् । एक हप्तामा कम्तिमा दुईपटक यस्तो गर्नुहोस् । नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो । यसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ । र ब्याक्टेरियाको नाश गर्छ । यस्तै मह प्राकृतिक मस्चराइजर हो । जसले त्वचालाई नरम बनाउनुका साथै त्वचामा निखार पनि ल्याउँछ ।

साना जलविद्युत् आयोजनालाई विशेष कर्जा दिइने
लामो समयदेखि ऊर्जा उद्यमीले माग गर्दै आएको विशेष पुनर्कर्जाको मागलाई नेपाल राष्ट्र बैंकले सम्बोधन गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले ऊर्जा उद्यमीको माग सम्बोधन गरेको हो । पछिल्लो व्यवस्थाअनुसार कूल १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाले अब विशेष पुनर्कर्जा पाउने भएका छन् ।

कोरोनालगायत कारण साना तथा लघु आयोजना समस्यामा परेको भन्दै विशेष पुनर्कर्जाको माग गर्दै आएका थिए । रुग्ण जलविद्युत् आयोजनालाई राहत दिनुपर्ने उनीहरूको भनाइ थियो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इपान)ले रुग्ण जलविद्युत् आयोजनालाई राहत दिन विद्युत नियमन आयोगमार्फत केन्द्रिय बैंकलाई आग्रह गर्दै आएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १० मेगावाटसम्मका जलविद्युत् आयोजनालाई विशेष पुनर्कर्जाको पहुँच पु¥याउन लागिएको बताउनुभयो ।

साना जलविद्युत् आयोजनाले पुनर्कर्जा नपाएको तथा कतिपय आयोजना समस्यामा समेत परेका थिए । यसले साना जलविद्युत् आयोजनालाई विशेष सहुलियत हुने विश्वास लिइएको छ । यस्तै केन्द्रीय बैंकका अनुसार गत पुस मसान्तसम्म ७४९ स्थानीय तहमा वाणिज्य बैंकहरूको कम्तीमा एक शाखा पुगेको छ । बैंकका अनुसार २०७६ साल पुसमा ७४५ स्थानीय तहमा वाणिज्य बैंकहरूको शाखा विस्तार भएका थिए ।

बैंक तथा वित्तीय संस्थाका शाखा विस्तारसँगै वित्तीय पहुँच बढेको केन्द्रीय बैंकको ठहर छ । बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या २०७७ असार मसान्तमा नौ हजार ७६५ रहेकामा गत पुस मसान्तमा १० हजार १८७ पुगेको छ । उक्त अवधिमा प्रतिबैंक शाखा जनसङ्ख्या तीन हजार ७२ बाट घटेर दुई हजार ९४५ कायम भएको छ ।


Last Updated on: February 16th, 2021 at 9:21 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५७८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया