मंगलबार १९ साउन २०७८

बलिउड अभिनेता सन्दीप नाहारले आत्महत्या गरेका छन्। समाचार एजेन्सी एएएनआईका अनुसार उनले मुम्बईस्थित गोरेगाउँमा आफ्नो घरमा कथितरुपमा झुन्डिएर आत्महत्या गरेका हुन्।

क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनीमा आधारित चलचित्र ‘एमएस धोनी द अन्टोल्ड स्टोरी’ मा सन्दीपले सुशान्तसिंह राजपूतको साथीको भूमिका निभाएका थिए।

यसको अलावा चलचित्र ‘केसरी’ मा अक्षय कुमारसँग बट्टा सिंहको भूमिकामा देखिएका थिए। त्यस्तै, उनले वेबसिरिज ‘कहने को हमसफर’ मा पनि काम गरेका थिए।


Last Updated on: February 16th, 2021 at 9:33 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया