आइतबार १२ मंसिर २०७८

आइतबार एक भारतीय एयर एम्बुलेन्स जहाज पा’किस्तानको इस्लामाबादमा आक’स्मिक अवतरण गर्नुपरेको छ । उडिरहेको जहाजमा इन्धन सकिएपछि इस्लामाबादमा आ’पतकालीन अवतरण गर्नुपरेको हो । एयर एम्बुलेन्सले एक बेलायती बिरामी बोकेर उडेको थियो ।

दुनियाँ न्यूजलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआइले जनाएअनुसार भारतीय जहाजको इन्धन कम भएकाले पा’किस्तान नागरिक उड्डयन प्राधिकरण (सिएए) लाई सम्पर्क गरी इस्लामाबाद विमानस्थलमा आप’तकालीन अवतरणको लागि अनुमति मागिएको थियो ।

जहाज बेलायती बिरामी, एक डाक्टर र दुई नर्ससहित भारतको कोलकाताबाट ताजिकिस्तानको राजधानी दुशान्बेको लागि उडेको थियो । सिएएको अनुमति पाए पछि इस्लामाबाद एयरपोर्टमा अवतरण गरेको जहाज दुई घण्टापछि पुनः इन्धन भरेर फर्केको समाचारमा जनाइएको छ ।


Last Updated on: February 16th, 2021 at 12:28 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया