मंगलबार १९ साउन २०७८

अस्ट्रेलियाको संसदमा एक गम्भिर घटना भएको छ । जसका कारण प्रधानमन्त्री स्कट मरिसनले माफी मागेका छन् । अस्ट्रेलियाको संसदमा एक महिला कर्मचारीमाथि कर णी भएको खुलेको हो । सो घटनामा प्रधानमन्त्रीले माफी मागेका हुन् ।

२६ वर्षकी पूर्व कर्मचारी ब्रिटानी हिगिन्सले सन् २०१९ मा आफूमाथि सत्ताधारी पार्टीका उच्च अधिकारीले संसदमै कर णी गरेको आरोप लगाएकी हुन्। यस्तो गम्भिर घटना सार्वजनिक भएपछि अहिले पुरै राष्ट्र तरंगीत भएको छ । दुई वर्ष पछि घटना सार्वजनिक भएपछि अहिले देशभर यस विषयमा टिकाटिप्पणी सुरु भएको हो । प्रधानमन्त्री मरिसनले हिगिन्ससँग माफी मागेको बीबीसीले जनाएको छ।

हिगिन्सले च्यानल टेन टेलिभिजनको कार्यक्रम ‘द प्रोजेक्ट’सँगको अन्तर्वार्तामा आफूमाथि पूर्व रक्षामन्त्री लिन्डा रेनल्ड्सको कार्यालयमा कर णी गरेको बताएकी थिइन् । त्यसबेला उनले आफ्नो जागिर जाने डरका कारण यस घटनालाई सार्वजनिक गर्न नसकेको उनले बताएकी छन् ।

उनले च्यानल टेनसँग भनेकी छिन्,‘मैले सन् २०१९ मा प्रहरीसँग आफूमाथि भएको घटनाको बारेमा कुराकानी गरेको थिए। तर त्यसबेला जागिर जाने डरका कारण मैले प्रहरीमा उजुरी नदिई मन्त्रालयमा यस विषय भने। मलाई डर थियो मेरो जागिर जानेछ।’ अहिले उनी त्यहाँ काम गर्न छोडेपछि भने घटनाबारे सार्वजनिक गरेको उनको भनाई छ ।

अस्ट्रेलियाका प्रहरीले पनि हिगिन्सले उनले प्रहरीसँग घटनाको विषय बताएको तर उजुरी नहालेको पुष्टि गरेका छन्। रक्षामन्त्रीको कार्यालयलाई यस विषयमा पुरा जानकारी दिएपछि एउटा बैठक पनि बोलाइएको थियो।

तर चुनावको आह्वान भइसकेकाले नतिजामा असर गर्ने भएपछि यो घटना लुकाइएको थियो। हाल प्रधानमन्त्री मरिसनले ती महिलासँग माफी मागेर यस विषयमा अनुसन्धान गर्न आदेश दिएका छन्।


Last Updated on: February 16th, 2021 at 12:40 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया