मंगलबार १९ साउन २०७८

 

 

 

एजेन्सी । बेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहेका छन् ।

उनीहरुले दोस्रो सन्तान जन्माउने निश्चित भएको उनका सहयोगीले जानकारी दिएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर उनीहरूले आफुहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गरेका हुन् ।

दोस्रो सन्तानलाई जन्म दिदै मेगन

एउटा रुखको तल बसेर मुस्कुराएको र मेगनको गर्भवती अवस्थाको तस्वीर उनीहरूले सार्वजनिक गरेका

 

 

 

छन् । नयाँ सन्तान प्राप्त हुने खबरले राजपरिवारका सवै सदस्यहर्षित रहेको बताइएको छ ।

“आर्ची दाई बन्ने सुनिश्चित भइसकेको छ,” उनका प्रवक्ताले भनेका छन् । उनीहरूका जेष्ठ सन्तान आर्ची गत मे मा एक वर्ष पुरा भएका छन् ।

 

 

 

 


Last Updated on: February 16th, 2021 at 12:59 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया