बिहिबार २१ साउन २०७८

सबै व्यक्ति सफल हुन चाहन्छन् । तर, हामीमध्ये धेरै व्यक्ति यो सोच्दैनन् कि असफलताको कारण आफूमै हुन्छ भन्ने कुरा । सफलता प्राप्तीका लागि व्यक्तिमा हुन्छ । यस्ता गुण भएका व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैनन् हेर्नुहोस ती गुणहरु के के हुन ।

१:- आत्मविश्वास
जब तपाईले आफैंमाथि विश्वास गर्नुहुन्छ तब मात्र अरूले तपाइँलाई विश्वास गर्छन् । जो व्यक्ति आत्मविश्वासका साथ जिउँछन्, उनीहरुले जस्तोसुकै परिस्थितीकाे सामना गर्न सक्छन् ।

२:- मेहनती
आचार्य चाणक्य पनि भन्छन् , सफलता प्राप्तिका लागि मेहनतको विकल्प हुँदैन । मेहनत गर्ने व्यक्ति पक्कै सफल हुन्छन् । मेहनत नगरी प्राप्त गरेको कुनै पनि उपलब्धी दिगो हुँदैन ।

३:- खुलापन
खुलापनको अर्थ हो कि व्यक्तिले सधैं आफ्नो कान, आँखा र दिमाग सधैं खुला राख्नु हो । जो व्यक्ति आफ्नो आसपास भइरहेका घटनाप्रति सचेत रहन्छ, त्यो व्यक्ति कहिल्यै असफल हुँदैन ।

४:- ज्ञान
राम्रो , नराम्रो कुरालाई पहिचान गर्न सक्ने, जीवनप्रति सकरात्मक सोच राख्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैन्न ।

५:- धन सञ्चित
जस्तोसुकै व्यक्तिको पनि नराम्रो समय आउन सक्छ । यसकारण नराम्रो समयको सामना गर्न सबै व्यक्तिले धन सञ्चित गरेर राख्नुपर्ने आचार्य चाणक्यको भनाइ छ ।


Last Updated on: February 16th, 2021 at 2:34 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया