मंगलबार १९ साउन २०७८

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस ९आरआर० मा झ ड प भएको छ । सरस्वती पूजाको विषयमा दुई पक्षबीच विवाद सुरु भएको थियो । विवादले उग्र रुप लिएको हो । घटनामा ३ जना घाइते भएका छन् । उनीहरु आन्दोलनरत प्रचण्ड पक्षको विद्यार्थी नेता भएको बताइएको छ ।

आफ्ना विद्यार्थी नेता माथि ओली पक्षले आ क्र म ण गरेको आरोप प्रचण्ड नेपाल पक्षको छ । घटनामा प्रचण्ड–नेपाल पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएका हुन्।

मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा ओली समूहका लोकेश खड्का, उज्वल खड्का लगायतले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आ क्र म ण गरेको आरोप लगाइएको छ । खड्का सो क्याम्पसका ओली पक्षका युथ फोर्स अध्यक्षसमेत हुन्। घटना पछि प्रहरीमा उजुरी समेत गरिएको बताइएको छ ।


Last Updated on: February 16th, 2021 at 3:21 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया