मंगलबार १९ साउन २०७८

काठमाडौं – लामो समयपछि चलचित्र उद्योगमा फर्किएका निर्देशक दिपक श्रेष्ठको नयाँ चलचित्र ‘घिन्ताङ’ मा नयाँ कलाकारहरुको इन्ट्री भइरहेको छ ।

केही समयअघि यस चलचित्रमा चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले अभिनय गर्ने बताइएको थियो । तर अब भने उनको स्थानमा अर्की अभिनेत्री लक्ष्मी बर्देवा आएकी छिन् ।

निर्माण टिमले एलिजाको स्थानमा लक्ष्मीलाई अनुबन्ध गरेको हो । अब यस फिल्ममा लक्ष्मीसँग अभिनेता गौरव पहारीले जोडि बाँध्नेछन् । यस फिल्मको छायांकन काठमाडौं र चित्लाङमा गरिने बताइएको छ ।

चलचित्र ‘रङ वे’ निर्देशनपछि कुनै चलचित्र नबनाएका उनी झण्डै ७ वर्षपछि चलचित्र निर्देशनमा फर्किदैछन् । अहिले घिन्ताङ’ को स्क्रिप्टको काम भइरहेको जनाइएको छ । चलचित्रमा गाउँघरमा बस्ने नेपालीको वास्तविक कथालाई समेटिने बताइएको छ ।


Last Updated on: February 16th, 2021 at 3:45 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया