आइतबार १७ साउन २०७८

सपना रोका मगरलाई ध म्की दिने विनयजंग बस्नेत पक्राउ परेका छन् । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया मगरले आफूलाई बस्नेतले अ ‘श्ली’ल तस्बीर सार्वजनिक गर्ने ध ‘म्की दिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंमा अ’भ’द्र व्य’वहा’रको मुद्दा जाहेरी दिएकी थिइन् ।

प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)अशोक सिंहले बस्नेतलाई गोंगबुबाट पक्राउ गरिएको जानकारी दिए । बस्नेतलाई नयाँ बसपार्कबाट पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकु ल्याइएको छ । पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यसअघि सपना र बस्नेत बाबु–छोरी भन्दै सँगै मिलेर बेवारिसे शव ज’लाउ’ने काम थालेका थिए । म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन् । सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो । सपनाले विनयजङ्गलाई ‘बुबा’ भन्दै आए पनि पछिल्लो समय उनीहरुको सम्बन्धमा दरार आएको थियो ।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका न’ग्न त’स्वी’रहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने ध’म्की दिएका थिए। काठमाडौंमा बेवारिसे शव ज’ला’उने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।


Last Updated on: February 16th, 2021 at 6:55 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया