मंगलबार ०८ आषाढ २०७८

काठमाण्डौ । घुसको बिषयमा कुराकानी नमिल्दा दुई जना प्रहरीहरुबीच नै कुटाकुट भएको छ । सर्लाही जिल्लाको लालबन्दीमा सवारी जाँचमा खटिएका प्रहरीहरुबीच कुटाकुट भएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रहरीहरुबीच अनुशासन र प्रहरीको मर्यादाविपरित तथानाम गाली गर्नुका साथै हात हालाहालसमेत भएको दृश्य भिडियोमा देख्न सकिन्छ । लालबन्दी नगरपालिकाको मुख्य चोकमा गत पुस २१ गते उक्त घटना घटेको हो ।

एक स्थानिय प्रत्यक्षदर्शीका अनुसार कुटाकुट गर्ने प्रहरीहरु प्रहरी जवान नवराज खड्का र प्रहरी हवल्दार पुष्पजंग कार्की हुन् ।

प्रत्यक्षदर्शीका अनुसार ना. २ क ३८१ नम्बरको ट्रकले ओभरलोड लिएर विरगंजबाट सुनसरी जादै गर्दा प्रहरी जवानले चालकलाई १००० रुपैया जरिवाना गर्ने तयारी गरेका थिए तर चालकले खाजा खर्च दिने भन्दै प्रहरी जवान खड्कासँग कुरा मिलाउन जबर्जस्ती गरिरहेका थिए ।

त्यसैबीचमा प्रहरी हवल्दार पुष्पजंग कार्कीले प्रहरी जवान नवराज खड्कामाथि घुस लिइरहेको आरोप लगाएपछि उक्त घटनाले यस्तो रुप लिएको हो ।


Last Updated on: January 12th, 2021 at 2:12 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया