मंगलबार १९ साउन २०७८

पुरुषहरु स्त्रीहरुसँग सम्बन्ध राख्न लालायित हुन्छन् । विवाहित र अविवाहित दुवै खाले पुरुषमा महिलाहरुको निकट हुने चाहाना उत्तिकै हुन्छ । तर सबै महिलासँग पुरुषले सम्बन्ध राख्नु उचित हुँदैन ।

पुरुषले निकट संबन्ध राख्न नहुने स्त्रीहरु

पूर्व प्रेमिका
सके सम्म पुरानो सम्बन्धलाई नखोतलेकै राम्रो हुन्छ । किन भने प्रेमिका पूर्व प्रेमिका बन्नु भनेको सम्बन्ध राम्रो नभएर टुङ्गिएको अर्थ लाग्छ । कतिपय सन्दर्भमा तपाई र उनीबीच गम्भिर समस्या भएकै कारण सम्बन्ध टुटेको हो । कुनै समस्या पर्दा वा दुःख लाग्दा पूर्व प्रेमिकाको सम्झना आउनु फरक कुरा हो । तर उनलाई पुनः जीवनमा तान्नु पश्चातपका कारण मात्र बन्न सक्छ ।

मिल्ने साथीकी बहिनी
आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने भुल कहिले पनि नगर्नुस् । यसले तपाईको साथीसँगको सम्बन्ध मात्र धरापमा पार्दैन । यसले आफ्नी सानी बहिनीलाई धोका दिएको भन्दै अनुहारमा मुक्का खाने खतरा समेत बढाउँछ । बहिनीसँगको निकटताले तपाईको साथीसँगको सम्बन्ध पनि फिका हुन्छ ।

कुख्यात महिला
कुनै पनि महिला जसको विषयमा तपाईले निरन्तर नकारात्मक समाचार मात्र सुन्नु हुन्छ । उनीसँग पनि नजिकको सम्बन्ध नराख्नुस् । सामान्य सम्बन्ध राख्न यस्ता महिला काम लागे पनि गम्भिर सम्बन्धले समस्या निम्त्याउन सक्छ ।

धनी खोज्दै हिँड्ने केटी
धनी केटाको खोजीमा भौतारिने केटीसँग पनि नजिक नभएकै राम्रो । धनी खोज्ने केटीसँग डेट जान रमाइलो भएपनि लामो सम्बन्ध बनाउनु आफूलाई समस्यामा पार्नु जस्तै हो ।

साथीकी पुर्व प्रेमिका
यदि तपाईको साथीसँगको सम्बन्ध मूल्यवान छ भने उसकी पूर्व प्रेमिकासँग नजिकिनुस् । यो साथीसँगको सम्बन्धप्रतिको इमान्दारिता पनि हो । यसले तपाईको छविमा पनि समस्या ल्याउन सक्छ भने साथीबीच नै दुस्मनी हुने खतरा समेत रहन्छ ।


Last Updated on: February 16th, 2021 at 7:58 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया