आइतबार १७ साउन २०७८

असुरक्षित यौन सम्पर्कबाट सर्ने रोगहरुलाई यौनरोग भनिन्छ । तर यौनरोगहरु असुरक्षित यौनसम्पर्क बाहेक अन्य माध्यमबाट पनि सर्दछ । जस्तै यौन रोग भएको रगतको माध्यमबाट र यौनरोग संक्रमित आमाबाट बच्चामा पनि सर्न सक्छ । कतिपय यौनरोगको लक्षणहरु स्पष्ट देखिदैन । यसलाई स्वास्थ्यकर्मीहरुद्वारा स्वास्थ्य जाँचबाट मात्र पहिचान गर्न सकिन्छ । राम्रोसँंग उपचार गरेमा यौनरोग निको हुन्छ ।

यौनरोग को उपचार नगरेमा गर्भपतन, बाँझोपन जस्ता जटिलता देखिन सक्छ । साथै यौनरोग भएको व्यक्तिलाई एचआईभी सर्ने सम्भावना बढी हुन्छ।

यौन रोगका लक्षणहरुः

योनी वरिपरि घाउ खटिरा आउने

योनीबाट धेरै मात्रामा गन्हाउने सेतो पानी बग्ने

लिंग वरिपरि घाउ खटिरा आउने

लिंगबाट पिप बग्ने

यौनरोगबाट बच्ने उपायः

एक जना विश्वासिलो यौन साथीसँग मात्र यौन सम्पर्क राख्ने ।

यौनरोगको शंका लागेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने ।

हरेक पटक यौन सम्पर्क गर्दा सही तरिकाले कण्डमको प्रयोग गर्ने ।

सुईबाट लागू पदार्थ नलिने । लिनै परेमा हरेक पटक नयाँ सुई प्रयोग गर्ने ।


Last Updated on: February 16th, 2021 at 9:51 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया