मंगलबार १९ साउन २०७८

चलचित्र जगतमा चार्ली च्याप्लिनको नाम अमर छ। उनको जन्म १६ अप्रिल, १८८९ मा बेलायतको लण्डनमा भएको थियो। च्याप्लिनका बारेमा केही रोचक तथ्य, जुन तपाईंका लागि रमाइला लाग्न सक्छन्। चार्ली च्याप्लिनको निधन ८८ वर्षको उमेरमा सन् १९७७ मा क्रिसमसका दिन भएको थियो।

हाँस्य क्षेत्रका बादशाह चार्लीको जीवनी बारे अहिले उनकै नाती कारमेनले डक्यूमेन्ट्री पनि बनाईरहेका छन् । ‘चार्ली च्याप्लिन, ए मैन अफ द वल्र्ड’ नाम दिइएको उक्त डकुमेन्ट्री आगामी वर्ष सार्वजनिक हुनेछ । जसमा चार्ली च्याप्लिनको जीवनबारे लुकेका धेरै कुराहरु देखाईनेछ ।

मानिसहरु चार्ली च्याप्लिनको हाँस्य जीवनलाई त चिन्दछन् तर उनका अन्तरंग जीवनबारे अनविज्ञ छन् । चार्लीका जीवनबारे अनौठा लुकेका कुरा आज हामी तपाईलाई बताउँदै छौं । फिल्मी दुनियामा चार्ली च्याप्लिन एक अमर नाम हो ।

अनौठो कुरा च्याप्लिनको निधन भएको तीन महिनापश्चात चिहानबाट उनको श व चोरी भएको थियो । केहि चोरले उनको परिवारबाट पैसा असुल्नको लागि श व चोरेका थिए । चार्लीलाई कम्युनिष्ट विचारबाट प्रभावित भएको भन्दै अमेरिकाले उनको फिल्मलाई प्रतिबन्ध लगाएको थियो । अमेरिकाले प्रतिबन्ध लगाएपनि चार्लीलाई सन् १९७३ मा ओस्कार अर्वाड प्राप्त भएको थियो ।

सन् १९४० मा चार्ली च्याप्लिनले हिटलरमाथि ‘द ग्रेट डिक्टेटर’ फिल्म बनाएका थिए । यसमा उनले हिटलरको नक्कल गर्दै उनको मजाक उडाएका थिए । चार्ली च्याप्लिनको सन् १९७३ मा ‘लाईम–लाइट’ बेस्ट म्यूजिकको लागि ओस्कार अर्वाड मिलेको थियो । २१ वर्ष पहिला निर्माण भएको फिल्मलाई अमेरिकामा भने प्रदर्शन हुन दिएको थिएन् । तरपनि पछि फिल्मलाई ओस्कारको लागि नामांकन गरिएको थियो ।

सन् १९७५ मा महारानी एलिजाबेथ द्धितीयले चार्ली चैपलिनलाई नाइटको उपाधी दिएकी थिइन् । चार्ली च्याप्लिनको बाल्यकाल अत्यन्तै दुःखमा बित्यो । उनको परिवार असाध्यै गरिबिमा थियो । बेमतलबी तथा जड्याहा बाबुको कारण उनको परिवार पुरै बिजोगको अवस्थामा पुगेको थियो । घरायासी कारण चार्ली च्याप्लिन पागलपनको शिकारसमेत भएका थिए । जसको कारण उनलाई ७ वर्षको उमेरमा नै आश्रम पठाउनु परेको थियो ।

स्कुलमा पढाई छुटेसँगै चार्ली १३ सालको उमेरमा नै मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका थिए । नाँचको साथ साथै च्याप्लिने स्टेज प्लेमा पनि हिस्सा लिने गरेका थिए । चैम्पीनयले कलाकारीको सुरुवाती समयमा निकै कष्ट भोगे । उनी स्टेजमा हुने जस्तोसुकै कार्यक्रममा पनि सहभागी हुन्थे । लामो समयको स्टेज कार्यक्रम पछि च्याप्लिनले अमेरिकी फिल्म स्टूडियोमा काम गर्ने अवसर पाएका थिए ।

अमेरिकी फिल्म स्टूडियोमा जोडिएसँगै च्याप्लिन विश्व भरका चर्चीत फिल्मी वादशाहको रुपमा प्रख्यात भए । हाँस्यका बादशाह चार्लीको लागि ओस्कार समारोहमा उपस्थिति दर्शकले १२ मिनेटसम्म खडा भएर तालि बजाएका थिए । यो ओस्कारको इतिहासमै सबैभन्दा अनौठो घटना मानिन्छ ।


Last Updated on: February 17th, 2021 at 6:59 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९० पटक हेरिएको

तपाईको प्रतिक्रिया