मंगलबार १९ साउन २०७८

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ।निगमले गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो। निगमले खाना पकाउने ग्यासको मूल्य समेत २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ।निगमका अनुसार पेट्रोल,

डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ। भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले पनि मूल्य बढाएको हो ।


Last Updated on: February 17th, 2021 at 8:34 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया