आइतबार १७ साउन २०७८

सिन्धुपाल्चोकमा पनि भाईले दिदीलाई कर णी गरेको घटना सार्वजनिक भएको छ । घटनामा पनि १८ वर्षका किशोर संलग्न भएको र ति दिदीले बच्चा जन्माइसकेपछि मात्र घटना सार्वजनिक भएको छ । अविवाहित युवतीले बच्चा जन्माएपछि उनले त्यो बच्चा आफ्नो भाइको भएको बताएकी थिइन् ।

घटनाको बारेमा प्रहरीलाई जाहेरी दिँदा पनि अनेक वहाना बनाएर जाहेरी पनि नलिएको किशोरीको परिवारको गुनासो छ । प्रहरीले चासो नदिएको भन्दै किशोरीका परिवारले युट्युवरलाई गुहारेका छन् । दिदीलाई नै कर णी गरेको अभियोग लागेका ब्यक्तिलाई भा ग्ने मौका दिनेगरी प्रहरीले लापरवाही गरेको किशोरीको परिवारको गुनासो छ ।

आफ्नो गाउँमा यस्तो नसोचेको घटना भएपछि स्थानिय पनि अचम्म परेका छन् । आफुलाई भाईले नै यस्तो घटना गराएको भनेर दावी गरेको र उनले बच्चा समेत जन्माएको सुनेको स्थानियले बताएका छन् । प्रहरीले जाहेरी नलिएपछि युवतीको परिवारले गरेको आग्रह पछि युट्युवर कुश्लभ उनलाई प्रहरीको जिम्मा लगाउन भन्दै किशोरको घर पुगेका छन् । प्रहरीले आज शनिवार हो भोली निवेदन लिएर आउनु भनेर आफुहरुलाई फर्काएको युवतीको आफन्तले भनेको उनको दावी छ ।

परिवारको आग्रहकै आधारमा युट्युवर मध्यरातमा ति किशोरको घरमा पुगेको देखिन्छ । काठमाडौवाट गाडी रिजर्भ गरेर उनी सिन्धुपाल्चोक स्थित किशोरको घरमा पुगेर सु ती रहेका उनलाई उठाएका छन् । किशोरको आमाले युवतीले ग र्भ वती हुँदा र बच्चा जन्मदा सम्म किन नबोलेको भन्दै आरोप लगाएकी छन् । आमाले जन्मिएको सन्तान र ति छोरीको जिम्मा लिन्छु भनेकी छन् । उनले आफ्नो छोराको मात्र गल्ती नभएको भन्दै युवतीले बच्चा जन्मदा सम्म केही नभनेकोमा रिस पोखेका छन् ।


Last Updated on: February 17th, 2021 at 6:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया