मंगलबार १९ साउन २०७८

नेपालमा विश्वमै दु’र्लभ ब्ल्याक प्यान्थर फेला परेको छ । काभ्रेमा वयस्क ब्ल्याक प्यान्थर मृ,त अवस्थामा फेला परेको हो । काभ्रे जिल्लाको पलाञ्चोक भगवती नजिकै चार पिपलमा ब्ल्याक प्यान्थर मृ,त अवस्थामा स्थानीयले फे’ला परेका हुन् । यसबारेमा जिल्ला वन कार्यालय काभ्रेले थप अनुसन्धान शुरु गरेको छ ।

चितुवा वर्गमा पर्ने कालो चितुवा अर्थात ब्ल्याक प्यान्थर एसिया र अफ्रिका लगायतका जंग’लमा पाइन्छ । तर यो अत्यन्त दु’र्लभ वन्यजन्तुमा पर्दछ ।यस्तै विश्वमै अत्यन्त दु’र्लभ मानिएको कालो चितुवा अफ्रिकाको केन्याको एक जंग’लमा देखा परेको थियो । दशकौँ सम्मको खोज-अनुसन्धान गर्दा पनि स्पष्ट प्रमाण फेला पार्न नसकिएको दु’र्लभ कालो चितुवा एक फोटोग्राफरले आफ्नो लेन्समा प्रष्ट देखिनेगरी कै’द गर्न सफल भएका थिए ।

समाचार एजेन्सीहरुका अनुसार अफ्रिकी क्षेत्रमा पाइने सो कालो चितुवालाई बेलायती फोटोग्राफर विल बुरार्ड-लुकासले आफ्नो डीएसएलआर क्यामेराबाट उच्च गुणस्तरीय तस्वीर खिचेका छन् । करिब १०० वर्ष सम्म कसैले पनि सो चितुवाको गुण स्तरीय तस्वीर खिच्न नसकेकोमा पहिलोपटक बुरार्ड लुकासले आफ्नो फ्रेममा कै’द गर्न सफल भएका हुन् ।सो दु’र्लभ तस्बिरलाई सोमबार मात्र सार्वजनिक गरिएको थियो ।

केन्याकोमा साे तस्वीर खिचिएकाे हाे । त्यस अासपास कालो चितुवा देखा पर्ने गरेको खबर त्यहाँका स्थानीयहरुबाट थाहा पाएपछि नै फोटो पत्रकार बु’रार्ड त्यहाँ पुगेका थिए । उनले चितुवा आउने सम्भावित बाटोहरुको ठाउँ-ठाउँमा क्यामरा राखेका थिए । यसको केही दिनमा नै रातिको समयमा सो कालो चितुवालाई बुरार्डको क्यामराले कै’द गर्न सफल भयो ।

यो दुर्लभ तस्वीर खिच्न सफल भएपछि उनले भनेका छन् ‘कुनै ठूलो अपेक्षा बिनानै मैले अन्तिम क्यामरा परीक्षण गरिरहेको थिएँ। यसैबीच नियालेर हेर्दा मैले अँध्यारोमाझ दुइटा बलिरहेका आँखा देखेँ । पहिले त ती आँखा कालो चितुवाका नै हुन् भन्नेमा मैले विश्वासै गरेको थिइनँ ।’ उनले आफ्नो तस्वीरलाई जीवनकै उपलब्धिमूलक भनेका छन् ।

बाल्यकालदेखि नै कालो चितुवाको तस्वीर लिने आफ्नो धोको रहेको बताउँदै उनले सो धोको बल्ल पूरा गरिसकेकोमा औधी खुसी लागेको बताएका छन् ।बेलाबेला चर्चामा अाइरहने अफ्रिकन कालाे चितुवाकाे अ’स्तित्व प्र’माणित गर्न १०० वर्षयता गुणस्तरीय तस्बिर खि’च्न सकिएकाे थिएन । यसअघि १९०९ मा अडिस अबाबा, इथियोपियामा यसको प्रष्ट तस्वीर लिइएको थियो ।साे तस्वीर हाल वासिङटन डिसीस्थित राष्ट्रिय संग्राहलयमा राखिएको बताइन्छ ।


Last Updated on: February 18th, 2021 at 6:48 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया