आइतबार १२ मंसिर २०७८

काठमाडौँ । मोटोपनको समस्या रहेका मानिसहरु आफ्नो वजन घटाउनका लागि किटो डाइट प्रयोग गर्दछन्। किटो डाइट भनेको कार्बोहाइड्रेड कम गरेर चिल्लो पदार्थयुक्त खानाबाट मात्रै डाइट पैदा गर्नु हो।

किटो डाइटमा थोरै कार्बोहाइड्रेड, मध्यम प्रोटिन र उच्च मात्रामा चिल्लो पदार्थ हुने गर्दछ । विशेषगरी चलचित्रका नायक नायिकाहरु समेत आफ्नो शरीरलाई फिट राख्नको लागि यस्तो डाइटको प्रयोग गर्छन् ।

यस्तो डाइट हाम्रो शरीरलाई फिट राख्न र रगतमा चिनीको मात्रा कम गर्न फाइदाजनक मानिन्छ । तर, धेरै मात्रामा चिल्लो पदार्थ र कम मात्रामा कार्बोहाइड्रेड युक्त खाना साइड इफेक्ट पनि हुन सक्छ । जसमध्ये एक हो कपाल धेरै र्झनु।

किटो आहारले किन र्झछ कपाल ?

किटो आहारको फाइदासँगसँगै नोक्सानी पनि धेरै छ । किटो डाइटले एकातर्फ वजन घटाउन फाइदा पुर्‍याउँछ भने कपाल र्झने जस्तो समस्या पनि यसले निम्त्याउँछ । तर, किटो डाइट प्रयोग गर्ने सबैलाई यस्तो समस्या हुन्छ भन्ने चाहिँ होइन ।

जसले यसको सही प्रयोग गर्छन्, उनीहरुमा कपाल र्झने समस्या देखिँदैन । यसको प्रयोग गर्न नजान्नेहरुमा मात्रै यस्तो समस्या देखिने गर्छ । कपाल र्झने अरु पनि कारणहरु तल प्रस्तुत गरिएको छ।

तनाव

किटो डाइटका कारण मानिसहरुमा तनाव सिर्जना हुने गर्छ । यसको साथ आफ्नो जीवनशैलीमा केही बदलाव ल्याउनु जरुरी हुन्छ। यदि पूरा निद्रा लिन नसकेको बेला र उपवासको समयमा यस्तो डाइटको प्रयोग गरेमा उल्टै समस्या सिर्जना गर्छ ।

यस्तो अवस्थामा हाम्रो थाइराइड ग्रन्थीमा गडबडी हुन्छ । जसका कारण हाम्रो एड्रेनालाइन ग्रन्थी प्रभावित गर्न सक्छ ।


Last Updated on: January 12th, 2021 at 4:06 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया