मंगलबार १९ साउन २०७८

आज वि.सं.२०७७ साल फागुन ७ गते, शुक्रबार । सन् २०२१ फेब्रुवरी १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । सप्तमी तिथि। चन्द्रमा मेष राशिमा। काठमाडौंमा सूर्योदय बिहान ६ः४० र सूर्यास्त बेलुकी ५ः५६ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मित्रबाट सहयोग मिल्नेछ । उत्साह उमंग बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा बाधा हुनेछ । आर्थिक क्षति बेहोर्नुपर्नेछ । फाइदा अरुलाई जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कृषि खाद्यान्नबाट आम्दामी हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ । धनसम्पति जोहो हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) क्षमताको राम्रो कदर हुनेछ । राजनीतिक लाभ आउनेछ । रोजगारीको अवसर मिल्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) वैदेशिक काममा फाइदा मिल्नेछ । सामाजिक काममा व्यस्त भइनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेममा खुसी बढ्नेछ । पारिवारिक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विरोधीले बाटो छोड्दिनेछन् । खेलकुदमा मन जानेछ । आरोग्यताको वृद्धि हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)अध्ययनमा समय जानेछ । कला संगीतमा प्रगति देखिन्छ । आम्दानीको श्रोत मिल्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त नै वैरी भैदिनेछन् । नयाँ काममा तनावले बाधा गर्नेछ । स्वास्थ्यमा खराबी आउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सानो यात्रा गर्नुपर्नेछ । भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।


Last Updated on: February 19th, 2021 at 6:51 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया