बिहिबार २१ साउन २०७८

एक महिला टिपर चढेर उनी घर जान लागेकी थिइन् । उनीसंग साना दुई छोराछोरी थिए । वाहिर ठूलो पानी परेको थियो । टिपरभित्र साना छोराछोरीको मस्त निदाएका थिए । विहान पख उनको जिवनमा जे भयो त्यसपछि उनी उजाडिइन् ।

विहान पख उनी निदाउनै थालेकी थिइन् । त्यती नै बेला टिपर मालिकले कर णी गरे । प्र ति का र गर्न खोज्दा उनले यहि टिपरले कि चे र तेरो छोराछोरी सि ध्या इ दिन्छु भनेर ध म्की दिए । उनले आफु माथि भएको त्यो घटनाको बारेमा उनले श्रीमानलाई बताइन् ।

उनले श्रीमानलाई आफु माथि घटेको त्यो कुरा रुँदै सुनाइन् । उनले अब आफु श्रीमानको लायक भइन म के गरुँ भन्दै रुँदा उनको श्रीमानले साथ दिए । उनले श्रीमतीलाई लिएर लिएर प्रहरी कार्यालय गइन् ।

दुई छोराछोरीको ज्या न को बदला तेरो श रि र चाहियो भनेर टिपर मालिकले ध म्की दिए । उनी छोराछोरीको ज्यान जोगाउन आफ्नो श रिर सु म्पि इन् । यो बाध्यतामा परेकी श्रीमतीलाई साथ दिएर न्याय खोज्न हिँडेका यि जोडीले अहिले सम्म न्याय पाएका छैनन् ।

त्यसरी साना छोराछोरीकै अगाडी आमाको अ स्मि ता लिने टिपर मालिलाई कारवाही हुन सकेको छैन । उनीहरुकै अघि उनी छाती फुलाएर समाजमा हिडेका छन् । अन्यायमा परेका यि जोडी भने मन खुम्च्याएर बसेका छन् ।

उनीहरु १० वर्ष देखि काठमाडौमा बस्थे । कोरोनाका कारण लकडाउन हुने अवस्थामा उनीहरु घर फर्कने निर्णय गरे । खेतीपाती बाँझै भएका कारण खेती लगाउन भन्दै उनी टिपरमा छोराछोरी लिएर घर जान हिडेकी थिइन् । कोरोनाका कारण भएको लकडाउनले अन्य बस र यातायातका साधन चलेका थिएनन् । त्यसैले उनी टिपरमा जाने निर्णय गरिन् ।


Last Updated on: February 19th, 2021 at 7:35 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया