मंगलबार १९ साउन २०७८

भागरथी घटनामा भरपर्दो प्रमाण प्रहरीले दिन नसकेको भन्दै परिवारले शव बझ्न अस्वीकार गर्दै आएका थिए । तर विहिवार घटनामा संलग्न भएको भनिएका दिनेश भट्टले कर णी पनि गरेको स्वीकार गरेपछि भागरथीको शव परिवारले बुझेका छन् । दिनेशले ह त्या गरेको भएपनि कर णी भने आफुले नगरेको बताएँदै आएका थिए ।

तर विहिवर भागरथी र दिनेशकै आफ्नै वुवा दिपकका अगाडी प्रहरीले लिएको वयानमा उनले कर णी पनि गरेको स्वीकार गरे । छोराले त्यसो भनिरहँदा उनका बुवा दिपक भट्ट पनि थिए । छोराले घटना स्वीकार गरेपछि अहिले दिपकको संसार उजाडिएको छ । उनी भएका अरु सन्तान सुस्त मनस्थितिका छन् । जेठो छोरा दिनेश माथि नै उनको भरोसा थियो । तर त्यही भरोसा नै छुटेपछि अहिले दिपक निरास भएका छन् ।

उनले छोरासंग भेटेपछि एक मिडियासंग कुराकानी गरेका छन् । नेपाल प्रेसले दिपकसंग भएको कुराकानीको अडियो सार्वजनिक गरेको छ । जसमा उनले यस्तो भनेका छन्

छोरालाई भेटें, हिरासतमा राखेको रहेछ । प्रहरीले छानबिन गरिराखेको छ । छोराले मेरै सामु ‘मेरै हातले ह त्या भया हुन्’ भन्यो । पारिवारिक वि वादले भनेको कुरा किन भनेको हो, त्यो खै मलाई थाहा भएन । हामी प्रति परिवारमा त अहिलेसम्म वि वाद र रिसइबी केही थिएन ।

पुरानो घटना होला खै, म पनि पाँच वर्षको थिएँ । त्यो बेलाको कुरा यसको दिमागमा कसरी आयो, के आयो त्यो छोडिदिनुस् । त्यसपछि त हाम्रो केही झ ग डा भएको थिएन ।

छोराले भन्दैछ ९ कक्षामा स्कूल जाँदाखेरि मलाई गा ली दिएको थियो । मास्टरलाई पनि कुरा लगाइदिएको थियो । म सित भनेको कुरा मलाई रि स उठ्यो । अहिले ११ कक्षामा पढिराखेको छ । दुई वर्षदेखि रि स उठेको थियो । गा ली दि न्थी र टिचरलाई भन्दिन्थी । त्यही भएर मैले मा रे को हो भन्यो । स्कूलमा बच्चाहरूसँग खेल्दा होला, कतै जाँदा टिचरलाई भन्दिएको होला ।

भागरथी नातामा मेरो दाइकी छोरी भतिजी हो । दाइ नाता लाग्छ उसको बाउसँग । दिनेश परिवारको जेठो छोरा हो । अरू दुई छोरी र एउटा छोरो छ । तर उनीहरू तीनै जना सुस्त मनस्थितिका छन् । तीनवटै बच्चाको कुनै भरोसा छैन । मेरो भरोसा भनेकै यही एउटा थियो । पढेलेखेको, भरोसा गर्ने यसको पनि यस्तै हा लत भयो ।

आर्थिक अवस्था त्यस्तै हो । दिनभरि काम गरेर खाने हो । हल्काफुल्का खेतीकिसानी हुन्छ । त्यतिले पुग्दैन, किनेर खाने हो । आफ्नो खेतबाट पुग्दैन । किनेर पनि खान्छांै । मजदूरी गरेर पनि खरिद गरेर ल्याउँछौं ।

मैले अब कसरी भन्ने, आफ्नो नजरमा त्यस्तो थिएन । मेरै नजरमा मात्रै होइन गाउँकै मान्छेहरू पनि तेरो छोरा यस्तो थिएन भन्छन् । अहिलेसम्म यस्तो भरोसा गरेको थियो । खै कुन दिनको दशाले यहाँ च पे टमा प स्यौं भनिरा’छन् गाउँलेले पनि ।

जसकी छोरी हुन्, ती भाउजूले पनि भनिराखेकी छिन्– यो मेरो छोरा हो । यो छोराले त यस्तो गरेको हुनसक्दैन भनिराखेकी छन् । अब मेरै छोरा मैले गरेको हो भन्छ त के भन्ने ? कर णी पनि गरेको हो भन्दैछ । नेपाल प्रेसले सार्वजनिक गरेको अडियो यस्तो छ ।


Last Updated on: February 19th, 2021 at 11:26 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया