मंगलबार १९ साउन २०७८

बैतडीकि दोगडाकेदार गाउँपालिका वडा नम्बर-७ चडेपानीकी भागरथी भट्टको आफन्तले शुक्रबार शव बुझेका छन् । माघ २२ गते पालिकाकै वडा नम्बर ७ को खोचलेक-चडेपानी ग्रामीण सडकभन्दा ३० मिटर तल वनमाराको झारीका उनको शव भेटिएको थियो । २४ गते शवको पोस्टमाटर्म भए पनि घट्नाका दोषी पत्ता नलागुन्जेल शव नउठाउने भन्दै अस्पतालमै रहेको थियो ।

यही बुधबार प्रहरीले घटनामा संलग्न भएको भन्दै उनकै भाइ नाता पर्ने छिमेकी १६ वर्षका एक किशोरलाई सार्वजनिक गरेको थियो । अहिलेसम्मको अनुसन्धान र अभियुक्तले दिएको बयानमा सबै घटनाको जिम्मा लिएका छन् । आफन्त भएकैले यो घटनामा अरूको पनि स‌ंलग्नता भएको आशंका गर्दै परिवारले बिहीबारसम्म पनि शव बुझेका थिएनन् ।

अहिलेसम्मको प्रहरीका प्रमाण र अभियुक्तले दिएको बयानमा अहिलेको अभियुक्त दोषी देखिएकाले शव बुझेको मृतकका काका शिवराज भट्टले बताए । अबको अनुसन्धान पनि निष्पक्ष हुनुपर्ने उनले बताए । प्रशासनसँगको सहमतिमा शव बुझेर महाकाली नदीमा दाहसंस्कारको तयारी गरिएको पनि उनले बताए । भागरथीको शव १७ औँ दिन देखि तेसै थियो।


Last Updated on: February 19th, 2021 at 11:34 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया