मंगलबार १४ मंसिर २०७८

शनिवारलाई एक महत्वपुर्ण बारको रुपमा लिने गरिन्छ । धर्मशास्त्र मान्नेहरुले शनिवार शनिदेवको विशेष पूजा गर्ने गर्छन् ।

यस बारलाई धार्मिक र महत्वपुर्ण बारको रुपमा लिइने हुनाले केही चिजहरु खान नहुने बताउदै आइएको छ । यस दिन केही सावधानी नअपनाउदा शनिदेव रिसाउने धार्मिक विश्वास छ ।

हामिले न्यायको देवता मानिने शनिदेवलाई खुसी बनाउन खाने कुरामा ध्यान दिनुपर्छ । धर्मशास्त्रको अनुसार शनिदेवलाई खुसी बनाउन यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।

यस दिन शनिदोष भएका व्यक्तिले केही खानेकुराहरु खान हुदैन । यस दिन आपँको अचार र रातो खुर्सानी खानुहुँदैन।

शनि देव अमिलो र पिरो चिजको विरोधी भएकाले यस्ता चिजहरु नखानु नै राम्रो हुन्छ । यस दिन दुध या दही सेवन गर्नुहुँदैन । तर दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउन सकिन्छ ।

यस दिन रक्सी पनि पिउनु हुँदैन । कालो रंगको लुगा या जुत्ता किन्नु पनि हुँदैन । शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउनु हुँदैन । यस दिन कालो रंगको कुनै चिज, नून, काठबाट बनेका सामान र सर्सिउको तेल पनि किन्न हुँदैन ।


Last Updated on: February 20th, 2021 at 8:31 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया