शनिबार ११ मंसिर २०७८

पछिल्लो समय नायिका स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने खबरहरु सार्वजनिक भैरहेका छन्। छोटो समयमै नेपाली फिल्ममा चर्चा बटुल्न सफल स्वस्तिमाले दक्षिण भारतीय फिल्ममा काम गर्ने पक्का भएको खबर बाहिर आइरहेका छन् । नेपाली चलचित्रमा नायिका स्वस्तिमा खड्काको चर्चा चुलिदो छ । चलचित्र ‘बुलबुल’मा काम गरिसकेपछि उनको चर्चा चुलिएको हो ।

उनै, स्वस्तिमाले एउटा साउथ चलचित्रमा काम गर्ने पक्का भएको खबरहरु सार्वजनिक भैरहेका छन् । स्वस्तिमाले एञ्जल मारिया सिनेमासँग नेपाली चलचित्र निर्माण कम्पनी अनन्या फिल्मस्ले बनाउन लागेको ‘थिरिमाली’मा काम गर्ने पक्का भएको खबर सार्वजनिक भैरहेको छ । यसअघि पनि स्वस्तिमाले एक अङग्रेजी फिल्ममा अभिनय गर्ने फाइनल भइसकेको छ । उक्त फिल्ममा स्वस्तिमाले भुटानी शरणार्थीको भूमिका निभाउँदैछिन् ।

यसबारेमा स्वस्तिमाले आफै स्पष्ट पारेकी थिइन् । दक्षिण भारतीय फिल्मको नाम ‘थिरीमाली’ राखिएको छ । उक्त फिल्ममा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, आना रेश्मा लगायतका कलाकारको अभिनय रहनेछ । यस्तै माओत्से गुरुङसहित अन्य केही कलाकारको समेत अभिनय रहने जनाइएको छ । यद्यपि फिल्ममा नेपाली कलाकार को को रहने भन्ने अझै फाइनल भइनसकेको स्रोतले बताएको छ । नेपालमा समेत छायांकन गरिने यो फिल्ममा स्वस्तिमाको भूमिका कति रहने भन्ने पनि खुलाइएको छैन । यता स्वस्तिमाले पनि फिल्ममा अभिनय गर्नेबारे अहिलेसम्म कुनै जानकारी दिएकी छैनिन् ।


Last Updated on: February 20th, 2021 at 1:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया