सोमबार १३ मंसिर २०७८

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङ र उषाकला राई प्रचण्ड नेपाल समूह छोडेर ओली समूहमा गएका छन् ।

उनीहरु दुई महिनाअघि नेकपा ओली समूहबाट प्रचण्ड नेपाल समूहमा गएका थिए । आज उनीहरु प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने भन्दै पुन: ओली समूहमा फर्किएका हुन् ।

आज विराटनगरमा आयोजित कार्यक्रममा तामाङ दम्पती ओली समूहमा प्रवेश गरेको घोषणा हुने बताइएको छ । उषाकलाले आफुहरु कुनै पदको प्रलोभनमा परेर ओली समूहमा नआएको बताएकी छिन् ।

उनले भनिन् अब धेरै पूर्वएमालेका साथीहरू मुल पार्टीमै फर्किनुहुन्छ ।


Last Updated on: February 20th, 2021 at 1:32 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया