सोमबार १३ मंसिर २०७८

पहिल्लो पुस्ताका चर्चित अभिनेता हुन्, अनमोल केसी। रिजर्भ बसेर सिमित चलचित्रमा अभिनय गर्न रुचाउने अनमोलको जीवन पनि रिजर्भ नै रहेको छ। थोरै मिडिया उपस्थिति, कम सामाजिक संजालको प्रयोग उनको बिशेषता नै हो। त्यहि भएर नै उनको बिषयमा अझ बढी खोजि र चासो हुने गर्दछ। केहि समय अगाडी अनमोलको प्रेम चर्चा अभिनेत्री सारा शिर्पालीसंग चल्यो।

चलचित्रमा आफ्नो भविष्य खोज्दै गरेकी सारा र चर्चामा रहेका अनमोल बीचको प्रेम चर्चाले मिडियामा निकै राम्रो स्थान पायो। दुवैले प्रेम नभएर असल मित्रको रुपमा आफुलाई परिभाषित गरे। मिडियाले धेरै पटक यो प्रश्न दुवैलाई गर्यो। दुवैको उत्तर थियो, ‘हामी असल मित्र।’ तर उनका निकटका मित्र र साथीभाई बीच दुवैको प्रेमको चर्चा हुने गर्थ्यो । संगै जन्मदिन मनाएको खबरसम्म सार्वजनिक हुन्थ्यो।

तर यतिबेला भने दुवैको सम्बन्ध सकिएको चर्चा चुलिएको छ। केहि समय अगाडी देखि दुवैको सम्बन्ध सकिएको बताईएको छ। सामाजिक संजालमा दुवैले एक अर्कालाई अनफलो गरेका छन्। प्रेम चर्चामा रहेर आफुलाई नजिकको मित्र बताउने दुवैको सामाजिक संजाल अपडेटले भने ब्रेकअपको चर्चालाई झन् मझबुत बनाउछ । त्यसो त अनमोलले नयाँ प्रेम चर्चा पनि बाहिरिन थालेको छ।


Last Updated on: February 20th, 2021 at 1:37 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया