सोमबार १३ मंसिर २०७८

टिपरको ठक्करबाट भक्तपुरमा शुक्रबार राति एकजना पैदलयात्रीको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर-काठमाडौं ६ लेन सडकअन्तर्गत भक्तपुर नगरपालिका १ घलाते चोकबाट बाटो काट्ने क्रममा टिपरले पैदलयात्रीलाई ठक्कर दिएको हो।

बा ५ ख ४७९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ घर भएका ३५ वर्षीय बलराम तामाङको घटनास्थलमै मृत्यु भएको परिसरले जनाएको छ।

उनी नाईटिङ्गेल बोर्डिङ स्कुल कुपन्डोल ललितपुरमा शिक्षक पेसामा कार्यरत थिए।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले टिपरको ठक्करबाट मृत्यु हुने तामाङ ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल बोर्डिङ स्कुलका बस चालक रहेको जानकारी दिए।

भक्तपुरको सल्लाघारीबाट भक्तपुर-काठमाडौं ६ लेन सडक भई जगातीतर्फ जाँदै गरेको टिपरको ठक्करबाट घाइते तामाङलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको भक्तपुर प्रहरीले जनाएको छ।


Last Updated on: February 20th, 2021 at 8:12 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३७० पटक हेरिएको

तपाईको प्रतिक्रिया