शनिबार ११ मंसिर २०७८

कपालमा चायाँ अर्थात् डेन्ड्रफ हुनु आजभोलि सामान्य समस्या भइसकेको छ । यस समस्याबाट आज विश्वको एक चौथाइ मानिसहरू प्रभावित छन् भन्दा गलत नहोला ।

कपालमा चायाँ पर्नाले मानिसको व्यक्तित्वमा समेत नराम्रो प्रभाव पार्ने गर्दछ । कालो र लामो कपाल भए पनि चायाँ परेको छ भने त्यसको आकर्षण समाप्त भएर जान्छ । यो एउटा सरुवा रोग हो । जो अरूको काइयो या सौन्दर्य प्रसाधन प्रयोग गर्नाले आउँछ । जति छिटो यो रोग सर्छ उति नै छिटो फैलिन्छ ।

काठमाडौँ । कपालका जराहरूमा बढी सुख्खा भएपछि त्यहाँका तैलीय ग्रन्थी बढी सक्रिय भएर सेबम नामक तैलीय पदार्थको निर्माण गर्न थाल्छ । जसको फलस्वरूप कपालका जराहरूमा सेतोरखैरो रंगका चायाँहरू देखिन थाल्छ । यो समस्या कपालको समस्या नभई एक प्रकारको छालाको समस्या हो ।

चायाँको समस्या टाउकोको मात्र होइन, आँखीभौ (आई ब्रो) आँखाको ढकनी (आइलिड) वरिपरिसमेत देखिन्छ । यो एउटा सरुवा रोग हो । जो अरूले प्रयोग गरेको काइयो या सौन्दर्य प्रशाधनको व्यवहार गर्नाले आउँछ । यो रोग जति सर्छ उत्तिनै छिटो फैलिन्छ पनि । कपालमा चायाँ पर्नाले मानिसको व्यक्तित्वमा समेत नराम्रो प्रभाव पर्ने गर्दछ ।

चायाँ पर्ने कारण
चायाँ पर्नुको सही कारण अहिलेसम्म पत्ता लागेको छैन । तर, हाम्रो तालुमा पिटिरोस्पोरम ओभली नामक फंगसको मात्रामा वृद्धि भयो भने चाया पर्छ भन्ने सवालमा छालासम्बन्धी धेरै विशेषज्ञ सहमत छन् । यसबाहेक चाया पर्ने केही कारण खुलाइएका छन् । हर्मोनमा हुने परिवर्तन, वंशाणुगत कारण, नुहाउन अल्छी गर्नु र अस्वस्थ शरीर, टाउकोमा धेरै पसिना आउने समस्या, अस्वस्थ खानपानलगायत चाया पर्ने कारण हुन् ।

यसैगरी, कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग, चिसो मौसम तथा घरभित्र तातो बनाउन पारिएको सुक्खा वातावरण, मानिसमा उत्पन्न भएको लामो समयदेखिको तनाव, थकान र चिन्ता, शरीरमा आउने एलर्जी वा हाइपरसेन्सिटिभिटीले पनि चायाँ निम्त्याउँछ ।

कसलाई बढी सताउँछ ?
चाया जुनसुकै उमेरमा पनि पर्न सक्छ । तर, यो विशेषगरी १२ देखि २० वर्षको उमेरमा बढी देखा पर्छ । सामान्यतः जाडो मौसममा यसले बढी सताउँछ । चिल्लो कपाल र चिल्लो तालुमा चाया बढी पर्छ । मानिसको तालु र कपालबाट धेरै तेल वा चिल्लो पदार्थ उत्पादन भयो भने चाया पर्ने सम्भावना बढी हुन्छ । त्यस्तै, मानिसमा देखिने केही रोगका कारण पनि चाया पर्ने गरेको पाइन्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा बढी चाया पर्ने गर्छ । यसका लागि केटोकोनाजोल प्रयोग गर्न सकिन्छ ।

चिकित्सकलाई देखाउने अवस्था
चायाका कारण तालु नै रातो भयो, चिलाउन थाल्यो, त्यहाँबाट रगत आयो वा पोल्न पनि थाल्यो भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । किनभने, यस्तो समस्या अनुहारसम्म सर्न पनि सक्छ । यदि तालुको केही भागको छाला खुइलिन थाल्यो, कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ ।

छालाको स्याहार गर्ने तरिका
चायालाई पूरै निर्मूल पार्न सकिँदैन, तर यसको असरलाई निश्चित रूपमा कम गर्न भने अवश्य सकिन्छ । त्यसका लागि तनाव कम गर्दै लैजाने प्रयास गर्नुपर्छ । नियमित रूपमा कपाल स्याम्पुले धुनुपर्छ । कपाल सज्जा गर्ने विभिन्न किसिमका रसायनयुक्त साधन प्रयोग नगर्नु राम्रो हुन्छ । स्वस्थ खानेकुरा सेवन गर्ने, विशेष गरेर जंकफुड नखाने, चर्को घामबाट बच्ने र हिँड्नै परे पनि छाताको सहारा लिने गर्नुपर्छ ।


Last Updated on: February 21st, 2021 at 7:34 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया