सोमबार १३ मंसिर २०७८

भारतमा अहिले पेट्रोल, एलपिजी ग्याँस र प्याजको भाउ बढेको छ।

भाउ बढ्न थालेपछि यस्ता उपभोग्य वस्तुलाई महंगो उपहारको रूपमा दिन थालिएको छ। यसको एउटा उदाहरण बनेका छन् तमिलनाडुस्थित चेन्नाईका एक नवविवाहित जोडी।

यी जोडीले विवाहको उपहारस्वरुप पेट्रोल, एलपिजी ग्याँस सिलिन्डर र प्याजको माला पाएका छन्। कार्तिक र सारान्याका साथीहरूले उनीहरूलाई यो उपहार दिएका हुन्।

अहिले त्यसरी उपहार दिएको भिडिओ भारतमा भाइरल बनेको छ। ४५ सेकेन्डको भिडिओमा केही आफन्तहरूले पनि प्याजको माला लगाएको देखिन्छ।

नवविवाहित जोडीले पनि ग्याँस सिलिन्डर र पेट्रोलको जर्किन अगाडि राखेर तस्बिर खिचाएका छन्।

सामाजिक सञ्जालमा यसलाई महंगो उपहार भन्दै व्यंग्य गरेका छन्।

इन्डियन एक्सप्रेसका अनुसार अहिले भारतमा पेट्रोलको भाउ झण्डै एक सय पुगेको छ। त्यस्तै ग्याँसको भाउ पनि ९ सय पुगेको छ।


Last Updated on: February 21st, 2021 at 2:17 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया