आइतबार १९ मंसिर २०७८

सयौं यात्रीहरुले हेर्दाहेर्दै एउटा विमान दुर्घटनाग्रस्त भएर जलेर खरानीभएको छ । दुर्घटनाग्रस्त विमानमा रहेका सबैको मृत्यु भएको छ । नाइजेरियाको एक विमानस्थलबाट उडेकको केही मिनेटमै सेनाको जेट विमान दुर्घटना भएको हो । विमानस्थलमा रहेका सयौं यात्रुहरुको आँखैअगाडि विमान केही मिनेटमै जलेर खरानी भयो । यो भयानक दृश्य देखेर विमानस्थलमा रहेका यात्रुहरु आत्तिएर चिच्याइरहे ।

द सनको रिपोर्टअनुसार इन्जिन फेल भएपछि विमानमा विष्फोट भएको थियो र विमानमा आगो लागेको थियो । विमानमा सवार सेनाका अधिकारीहरु उद्धार मिशनमा जाँदै थिए । नाइजेरियामा ४२ जनालाई अपहरण गरिएको थियो र उनहिरुको लागि उद्धार मिशन चलाइएको थियो । इन्जिनमा आगो लागेपछि विमानको आकस्मिक अवतरणको कोसिस गरिएको थियो तर यसमा पाइलट सफल हुन सकेनन् । विमानमा सवार ७ जना सबैको मृत्यु भएको छ ।

विमानस्थलका एक कर्मचारीका अनुसार आँखैअगाडि यस्तो भीषण दुर्घटना देखेपछि यात्रुहरु आत्तिएर चिच्याएका थिए । शनिबार अमेरिकामा पनि विमान ठूलो दुर्घटनाबाट बचेको थियो । युनाइटेड एयरलाइन्सको विमान उडेको केही समयमै इन्जिनमा आगो लागेको थियो तर पाइलटले कुनै मानवीय क्षतिबिना विमान आकस्मिक अवतरण गराएका थिए । विमानमा २३१ यात्रु र १० क्रु सदस्य थिए ।


Last Updated on: February 23rd, 2021 at 5:07 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७८० पटक हेरिएको

तपाईको प्रतिक्रिया