आइतबार १९ मंसिर २०७८

युट्युवर तथा मोडल सोनिका रोकाय अहिले आफ्नै दुनियामा ब्यस्त छन् । उनले दिने अभिब्यक्ति भने कहिले काँही विवादित हुन्छ । पूर्वयुवराज पारस शाहसंगको सम्बन्धका कारण पनि उनी विवादित थिइन् । तर अहिले उनीहरु अलग भइसकेका छन् । कोरोना जोखिमका कारण उनी लामो समय बझागं स्थित आफ्नो घरमा गएर बसेकी थिइन् ।

उनी त्यसबेला पनि निकै विवादित भइन् । जब बझागंमा सोनिका थिइन् त्यती बेला उनलाई पूर्वयुवराज पारसको १२ लाख रुपैया ठगी गरेको आरोप लागेको थियो । त्यो आरोप झुटो भएको प्रमाणीत भइसकेको छ । सोनिका भन्छिन्, कन्ट्रोभर्सी मलाई खोज्दै आउँछ, म विवादित हुन चाहन्न तर विवाद मलाई खोज्दै आउँछ । अहिले आफु निकै खुसी जिवन बाँचिरहेको बताएकी छन् ।

उनले आफु जे गर्छिन त्यो खुसी भएर गर्ने गरेको बताएकी छन् । आफुले अहिले जिवनको महत्व बुझेको पनि उनको भनाई छ । संगै रहेकी सोनिकाको आमाले छोरी प्रति गर्व गर्ने बताउँदा उनी भावुक भएकी थिइन् । सोनिकाले काठमाडौमा पार्लर संचालन गर्दै आएकी छन् । उनको पार्लर संचालन गरेको एक वर्ष हुन लागेको छ । नारी दिवसका दिन उनको पार्लर संचालनको एक वर्ष हुन लागेको हो ।

वार्षीक उत्सवमा उनले पूर्व मिस नेपाल उषा खड्कीलाई प्रमुख अतिथिको रुपमा बोलाएको बताइन् । उनले सानोमा आमाको साथ र माया नपाएकाले माया के हो भन्ने महत्व आफुले बुझेको बताएकी छन् । उनले भनिन्, म सानो हुँदा आमाले मलाई सम्हालिन् अब आमा वृद्ध हुँदैछिन् त्यसैले यो बेलामा म आमालाई साथ दिन चाहन्छु ।

उनले आफुलाई हेर्ने अरुको नजर प्रति भने कुनै गुनासो नभएको भनाई छ । मलाई जे लगाउन मन लाग्छ त्यही गर्छु, अरुले जे गर्न हुँदैन भन्दछन् मलाई त्यही गर्न मन पर्छ उनले भनिन् । उनले बझागं गएर बसेपछि भगवान छन् भन्ने कुराको अनुभुती भएको बताइन् ।

नेपालमा आएपछि पनि उनी युट्युवर तथा मोडर सोनिका रोकायासंग नजिकिएका थिए । सोनिकाले सार्वजनिक रुपमै आफुले पारसलाई विवाहको प्रस्ताव राखेको र पारसले अस्विकार गरेको बताएकी थिइन् । युट्युवमा दोहोरो अर्थ आउने शब्द प्रयोग गरेर कार्यक्रम बनाउने सोनिका चर्चित थिइन् । तर त्यस्ता कार्यक्रमले विवादित बनेपछि भने उनले अब आफु सुध्रिएको र त्यस्तो काम नगर्ने बताउने गरेकी थिइन् ।

त्यसका लागि पारसले आफुलाई प्रेरित गरेको पनि उनको भनाई थियो । राम्रो वाटोमा लाग्न आफुलाई पारसले प्रेरित गरेको उनको भनाई थियो । त्यसपछि उनीहरु धेरैजसो संगसंगै देखिन्थे । तर, उनीहरु अहिले अलग भइसकेका छन् । कोमलको जन्मदिनमा पारसलाई उनको परिवारसंग भएको तस्बिर सार्वजनिक भएपछि सोनिकाले पनि प्रतिकृया दिएकी छन् ।

पारश हिमानीको सम्बन्ध सुदृढिकरणमा आफूले भुमिका खेल्ने बताउदैँ आएकि सोनिकाले अहिले भने दुईजना सँगै देखिएपछि प्रतिक्रिया दिएकी हुन् । समाजिक संजालमा पूर्वराजपरिवारको तस्बिर भाइरल भएपछि धेरैले ठट्यौलि शैलिमा सोनिकालाई निमन्त्रणा नभएको भन्दै मजाक गरेका थिए । यता, सोनिकाले भने आफू खुशी भएको भन्दै सामाजिक संजाल फेसबुक स्टोरी हालेकि छिन् ।


Last Updated on: February 23rd, 2021 at 6:20 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया