मंगलबार १९ साउन २०७८

छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मङ्गलबार राति ९ बजे आफ्नै घर अगाडि बाटामा हिँडिरहेका अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याउने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।रासस


Last Updated on: January 12th, 2021 at 7:21 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया