शनिबार ११ मंसिर २०७८

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ । दुवै नेताबीच प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि कसरी बढ्नेबारे कुराकानी भएको छ ।

दुवै नेताले आज बुधबार भेट्ने तय गरेका छन् । प्रचण्ड चितवनबाट काठमाडौं आएपछि देउवालाई भेट्नेछन् । यसअघि प्रचण्डले देउवालाई संसद पुनःस्थापनाको पक्षमा अगाडि बढेमा प्रधानमन्त्री बन्न सहयोग गर्ने प्रस्ताव गरेका थिए ।

केहि दिन अघि साँझ प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । स्रोतका अनुसार उनीहरुले देउवालाई केन्द्रदेखि प्रदेशसम्मै सत्ता सहकार्यको प्रस्ताव गरेका थिए । स्रोतले भन्यो, ‘उहाँहरुले प्रतिनिधि सभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र संसद पुनःस्थापना भएमा सरकारमा सहकार्य गर्ने प्रस्ताव गर्नु भएको छ । साथै, केन्द्रमा मात्र होइन, प्रदेशमा पनि सत्ता साझेदारीको प्रस्ताव छ ।’ भेटमा देउवाले अदालतले जे निर्णय गर्छ, त्यही मान्ने बताएका थिए ।

आज यी दुई नेताबीच अबको सत्ता समिकरणबारे छलफल गर्ने तय भएको बुझिएको छ । प्रचण्डले भने देउवासँग खुशी साटासाट भएको बताएका छन् ।

यसैगरी, आज नै ओली सरकार बाहिर रहेका दलहरुको बैठक बस्ने तयारी भएको छ । बैठकले भविष्यमा कसरी बढ्नेबारे छलफल गर्ने बुझिएको छ ।


Last Updated on: February 24th, 2021 at 8:39 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया